विज्ञान जिज्ञासा

वैज्ञानिक कारण : घरको अगाडि मठमा तुलसी किन रोपिन्छ ?

Gopal Bhandari
गोपाल भण्डारी

बैदिक सनातन सस्कारमा तुलसी पूजाको ठूलो महत्व छ । हरेक हिन्दुहरुको घर अगाडि अनिवार्य रुपमा मठ बनाएर तुलसीको विरुवा रोपिन्छ र तुलसीको पुजा पनि गरिन्छ यसको पछाडि बैज्ञानिक कारण छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । हिन्दु धर्मावलम्बीहरुको प्राय: घरमा तुलसीको मठ हुन्छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसी धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । यसको पूजा पनि गरिन्छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । मर्ने बेलामा सजिलोसंग प्राण जावोस् भन्ने परम्पराले गर्दा तुलसी पानी खुवाउने चलन छ । मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नु अघि तुलसीको बोटसंगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ ।

यो पनि पढ्नुहोस्

तुलसी र यसको अर्थ

तुलसी र यसको प्रयोग

तुलसी र यसको महत्व

तुलसीमा जल चढाउँदा हुने फाइदाहरु

तुलसीको धार्मिक महत्व

८९ रोग निको पार्ने तुलसीको वैज्ञानिक महत्व

तुलसीको बारेमा केहि जानकारी

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । थाहा पाउनुहोस् घरको अगाडि मठमा तुलसी रोपिने वैज्ञानिक कारणहरु यस प्रकार छन् । धार्मिक काममा प्रयोग हुने तुलसी मानव स्वास्थ्यका लागि लाभकारी हुन्छ । तुलसीमा औषधिको गुण हुन्छ ।
तुलसीबाट निस्कने हावा, ग्याँसले ओजन तहलाई सन्तुलित राख्दछ । अक्सिजन प्रवाह गर्दछ र पृथ्वीको वातावरणलाई सन्तुलित गर्ने कार्य गर्दछ ।

तुलसीमा पाइने हावामा घुलनशील तेलको गन्धले रोगका किटाणु समेत नस्ट गर्ने शक्ति तुलसीमा विद्यमान छ । चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । तुलसी रोपेको ४०० मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ । तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरू समेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन् ।

Like & Follow us on Facebook

तुलसीमा एक प्रकारको हावामा घुलनसिल तेल हुन्छ जसको प्रभावले अक्सिजन र किटाणुनाशक शक्ति तुलसीमा निहित हुनाले स्वासप्रस्वासमा समेत राम्रो फाइदा दिने र अडकेको कफलाई सफा गर्ने हुनाले तामाको भाडामा राखेको जल अन्तिम अवस्थामा दिदा वैकुन्ठ जाने धार्मिक मान्यता रहेको छ । विश्व ओजन डे १६ सेप्टेम्बरमा प्रत्येक वर्ष मनाउँदा केही वातावरण सम्बन्धी संस्थाले ठूलो मात्रामा तुलसीको विरुवा वितरण गर्दै आइरहेका छन् । यस बाहेक तुलसीको पात औषधिको रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेद विज्ञान अनुसार पनि यो धेरै महत्वपूर्ण छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!