हेल्थ टिप्स

धेरै बाँच्न चाहना भएमा यसो गर्नुहोस्

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धेरै बाँच्न चाहना भएमा यसो गर्नुहोस् ! मानव जीवनमा सबैभन्दा महत्वपुर्ण धन भनेको स्वास्थ्य हो । हामीले हाम्रो दैनिक जीवनमा गर्ने कामहरुले पनि हाम्रो स्वस्थ जीवनशैलीमा धेरैं प्रभाव पार्ने गर्दछ । हामीले हरेक दिन गर्ने आचरणहरुमा परिवर्तन ल्याउन सक्ने हो भने हामीले हाम्रो जीवनमा धेरैं कुराहरु परिवर्तन ल्याउन सकिन्छ ।

लामो उमेरसम्म बाँच्न इच्छा हुनेहरूका लागि प्रकृतिले हामीलाई थुप्रै यस्ता बस्तु दिएको छ जसलाई सहि तरिकाले प्रयोग गर्न सकिन्छ भने मानिसको आयु बढाउन सकिन्छ यसमा दुईमत छैन । आज यो लेखमा के कस्तो खानाले मानिसको आयु बढाउन सकिन्छ भन्नेबारे जानकारी पस्कन लागेको छु ।

हाम्रो शरीरलाई सवैभन्दा बढी पानीको आवश्यकता हुन्छ । दैनिक पानीको मात्रा कमसेकम ७-८ गिलास पानी पिउने बानी बसाल्नु पर्दछ । पानीले किड्नीलाई स्वास्थ्य बनाउछ भने मृगौलालाई समेत फाइदा गर्दछ ।

यो पनि पढ्नुहोस्

लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने तरिकाहरु

बढि बाँच्न चाहनुहुन्छ भने रुनुहोस् मज्जाले

लामो आयु बाँच्नका लागि सधै रहनुस् यी चार कुराबाट टाढा

विवाहित अविवाहितभन्दा धेरै बाँच्छन्

मानिस चांडै बुढो हुने खराव बानीहरु

दैनिक ८ गिलास पानी पिउने

दैनिक रूपमा साग खाने

खानामा सलाद समावेश गर्ने

टुसा उम्रेका अनाज खाने

बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने

मौसम अनुसारका फलफूल खाने

चिसो पेय पदार्थ नपिउने

चिया, कफी धेरै नपिउने

रेसायुक्त तरकारी बढी खाने

नुन कम खाने बढी गुलियो नखाने

तारेको र डढेको नखाने तरकारीको बोक्रा नफाल्ने

भुटेको भटमास, मकै, चना खाने

रातीको खाना ७ बजेभन्दा ढिलो नखाने

खाना खानेबित्तिकै नसुत्ने

Like & Follow us on Facebook

चाँडै सुत्ने र चाँडै उठ्ने ८ घण्टा मस्त सुत्ने

रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने

बिहान कम्तिमा ३० मिनेट हिड्ने, व्यायाम गर्ने

तनावमा काम नगर्ने

सुख, दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने

पुजापाठ गर्ने जंकफुड, फास्टफुड सेवन नगर्ने

६/६ महिनामा शरीर चेकअप गराउने

हप्तामा एक पटक ब्लडप्रेसर जाँच्ने

शाकाहारी खानामा बढी ध्यान दिने बानी बसाल्न सके कुनैपनि रोगले आक्रमण नगर्ने कुरा प्राकृतिक चिकित्सामा वर्णन गरेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!