विज्ञान जिज्ञासा

वैज्ञानिक कारण : उपवास एवं ब्रत किन बस्ने ?

Gopal Bhandari
गोपाल भण्डारी

अन्न केही पनि नखाई बसेको स्थितिलाई उपवास बसेको भनिन्छ जसलाई ब्रत बसेको पनि भनिन्छ। सनातन हिन्दुधर्म परम्परामा व्रत उपवासको महत्व रहिआएको छ । उपवास बस्नुको धार्मिक महत्वको साथ-साथै स्वास्थ्यको दृष्टिकोण पनि ठुलो महत्व रहेको छ । उपवास भनेको आहारलाई सम्पूर्ण रूपले त्याग्नु हो । दूध, अन्न, फल आदि ठोस र तरल पदार्थ सेवन नगर्नु हो । एउटा निश्चित अवधिका लागि सबै आहार त्याग गरी शरीरका विविध अंगप्रत्यंग एवं उनीहरूको प्रक्रियालाई आराम दिई शुद्धि गर्नु नै उपवास हो।

शरीरलाई नियमित र निश्चित आहारको जति आवश्यकता हुन्छ त्यति नै उपवास पनि लाभदायक छ । खानाले शरीरलाई इन्धन एवं शक्ति प्रदान गर्छ भने उपवासले शुद्धि र आरोग्यता । यसबाहेक पाचनप्रक्रिया, रक्तसञ्चार, आराम र चैतन्य प्रदान गर्ने काम उपवासले गर्छ । उपवासलाई प्राकृतिक उपचार भन्ने गरिन्छ। प्राय: रोग हानिकारक एवं अतिशय खानपानका कारण उत्पन्न हुन्छ । हामी जति खान्छौं त्यसको २५ प्रतिशतले जीवन निर्वाह हुन्छ। स्वस्थ्य व्यक्तिले पनि ६ महिनामा एकपटक उपवास बस्दा स्वस्थ एवं दीर्घायु रहन सकिन्छ ।

यो पनि पढ्नुहोस्

उपवासका फाइदाहरु र बेफाइदाहरु

उपवास चिकित्सा पद्धति

उपवास बस्नुका फाइदाहरु

ब्रत बस्नुको औचित्य तथा सिद्धान्तहरु आयुर्बेदमा पाइन्छ । सामान्यतय: विभिन्न खाले बिरामीहरुको मूल कारण खाएको खाना पाचन प्रक्रियामा शरीरभित्र थुप्रिएको विषाक्त पदार्थहरु हुन् । नियमित रुपमा शरीर भित्र थुप्रिएका विषाक्त पदार्थहरुको सरसफाई गर्न सके स्वस्थ रहन सकिन्छ । यसर्थ, ब्रत बस्दा पाचन प्रक्रियामा भाग लिने अंगहरुले आराम पाउँछ र थुप्रिएका विषाक्त पदार्थहरु पचाउन सहयोग गर्दछ । आयुर्बेद अनुसार शरीरमा ८०५ तरल पदार्थ रहेको हुन्छ भने २०५ मात्र ठोस पदार्थ रहेको हुन्छ । पृथ्वी, चन्द्रमाको गुरुत्वाकर्षण शक्ति जस्तै मानिसको शरीरमा पनि यस्ता गुरुत्वाकर्षण शक्तिले प्रभाव पारेको हुन्छ, जस अनुरुप शरीरमा भावनात्मक असन्तुलन, तनाव हुने, चिढिने, उग्र तथा हिंसात्मक स्वभाव हुने गर्दछ । ब्रत बस्नाले यस्ता विषम परिस्थितिहरुको रोकथाम हुने, शरिरमा एसिडको मात्र कम गर्ने गर्दछ फलस्वरूप मानिसहरुमा यस्ता मानसिक सन्तुलन कायम गर्न सहयोग गर्दछ ।

थुप्रै अनुसन्धानको नतिजा अनुसार क्यालोरी खपत कम गर्न तथा क्यान्सर, मधुमेह, स्नायु रोगहरु, प्रतिरोधक क्षमता ह्रास जस्ता रोगहरुबाट मुक्ति पाउन नियमित ब्रत बस्नु फाइदाजनक छन् । स्वास्थ्य विज्ञानले स्विकारेको छ, व्रत बस्नु स्वास्थ्यका लागि एकदमै उपयोगी हो । किन ? किनभने, यसले हाम्रो पाचन यन्त्रलाई विश्राम मिल्छ, जो वर्षौदेखि चलायमान छ । त्यस्तै शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । व्रतले शरीरलाई मात्र लाभ मिल्ने होइन, मनलाई पनि यसले शान्त तुल्याउँछ । यद्यपि, त्यो व्रत एकदमै समर्पण भावले, विधिपूर्वक र प्रसन्न चित्तले गरेको हुनुपर्छ । यस किसिमको व्रतले हाम्रो शरीर र मस्तिष्कलाई बेग्लै ताजगी दिन्छ । बेग्लै ऊर्जा दिन्छ ।

Like & Follow us on Facebook

हरेक ४० देखि ४८ दिनमा मानव शरीर मन्डल नामक एक चक्रबाट गुज्रन्छ । यही चक्रमा यस्तो खास तीन दिन आउँछ, जुनबेला शरीरलाई भोजनको आवश्यक्ता पर्दैन । यदी हामीले यस दिनको पहिचान गर्न सक्यौ भने खानपिनको जरुरत हुँदैन किनभने यतिबेला शरीरले भोजन माग गरेकै हुँदैन । यो जैविक पद्धतीबाट हाम्रो थुप्रै स्वास्थ्य समस्या स्वत हल वा समाधान हुन्छ । यदी हामीले ध्यान दिने हो भने ४८ दिनमा तीन वटा एकादशी आउँछ । एकादशीको दिन उपवास बस्नुपर्छ भनेर तोकिएको हो । एकादशी एक यस्तो तिथि हो, जतिबेला पृथ्वी स्वयम् एक खास दशामा हुन्छ । यस दिन हामीले आफ्नो शरीरलाई हल्का राख्नुपर्छ । शरीरलाई शुद्ध र जागरुक अवस्थामा राख्नुपर्छ । त्यसैले उपवासको नियम राखिएको हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!