धर्म-सस्कृति

उपवास एवं ब्रत बस्नु अघि ध्यान दिनैपर्ने कुराहरु

अन्न केही पनि नखाई बसेको स्थितिलाई उपवास बसेको भनिन्छ जसलाई ब्रत बसेको पनि भनिन्छ। सनातन हिन्दुधर्म परम्परामा व्रत उपवासको महत्व रहिआएको छ । उपवास बस्नुको धार्मिक महत्वको साथ-साथै स्वास्थ्यको दृष्टिकोण पनि ठुलो महत्व रहेको छ । उपवास भनेको आहारलाई सम्पूर्ण रूपले त्याग्नु हो । दूध, अन्न, फल आदि ठोस र तरल पदार्थ सेवन नगर्नु हो । एउटा निश्चित अवधिका लागि सबै आहार त्याग गरी शरीरका विविध अंगप्रत्यंग एवं उनीहरूको प्रक्रियालाई आराम दिई शुद्धि गर्नु नै उपवास हो।

शरीरलाई नियमित र निश्चित आहारको जति आवश्यकता हुन्छ त्यति नै उपवास पनि लाभदायक छ । खानाले शरीरलाई इन्धन एवं शक्ति प्रदान गर्छ भने उपवासले शुद्धि र आरोग्यता । यसबाहेक पाचनप्रक्रिया, रक्तसञ्चार, आराम र चैतन्य प्रदान गर्ने काम उपवासले गर्छ । उपवासलाई प्राकृतिक उपचार भन्ने गरिन्छ। प्राय: रोग हानिकारक एवं अतिशय खानपानका कारण उत्पन्न हुन्छ । हामी जति खान्छौं त्यसको २५ प्रतिशतले जीवन निर्वाह हुन्छ। स्वस्थ्य व्यक्तिले पनि ६ महिनामा एकपटक उपवास बस्दा स्वस्थ एवं दीर्घायु रहन सकिन्छ । उपवास एवं ब्रत बस्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस प्रकार छन् ।

यो पनि पढ्नुहोस्

उपवासका फाइदाहरु र बेफाइदाहरु

उपवास चिकित्सा पद्धति

उपवास बस्नुका फाइदाहरु

ध्यान दिनैपर्ने कुराहरु

१. उपवास एवं ब्रत बस्नुअघि मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । उपवास बसेको बेला धेरै शारीरिक श्रम गर्नु उचित हुँदैन । मनलाई शान्त राख्नुपर्छ । प्रशन्न हुनुपर्छ ।

२. साउनको सोमवार वा अन्य जुनसुकै दिन उपवास एवं ब्रत बस्ने भए त्यस दिन भन्दा दुई, तीन दिन पहिले देखि नै फलफुल तथा तरकारीको सेवन बढी मात्रामा गर्नुपर्छ । तर यदि साउन महिनाभर उपवास एवं ब्रत बस्ने हो भने चाहि त्यसको लागि विशेष तयारी आवश्यक छ ।

३. उपवास एवं ब्रत बस्नु दुई, तीन दिन पहिलेदेखि अली बढी अन्न सेवन गर्ने । उपवास एवं ब्रत बस्नु एक, दुई दिन अगाडी एक समय रोटीका, सलाद तथा तरकारी तथा फलफुलको सेवन गरौ ।

४. उपवास एवं ब्रत बसेको बेला एक गिलास दुध, कागति पानी, जुस र फलफूल सेवन गर्न सकिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन दिदैन ।

५. धेरै दिनसम्म उपवास एवं ब्रत बस्ने हो भने ३-४ दिन सम्म भोक लागेको महसुस हुनसक्छ । यस्तो अवस्थामा कागती पानी, मह वा २-३ गिलास केवल पानी पिउनाले मात्र पनि पेटको भोक हट्ने गर्छ ।

Like & Follow us on Facebook

६. कतिले दिनमा एक छाक खाना मात्र पनि खाने गर्छन् । यसरी दिनभर भोकै बसेर राती एकसाथ धेरै खानेकुरा भने सेवन गर्नु हुँदैन ।

७. उपवास एवं ब्रत बस्दा विहान बेलुकी प्रणायाम गर्नु तथा मौन रहनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । त्यस्तै, शरीर तथा मस्तिष्कलाई पनि भरपूर मात्रामा आराम दिनु उचित हुन्छ ।

९. उपवास एवं ब्रत बस्दा मुख सुक्ने तथा दिशा नुहने समस्या आउन सक्छ । यसबाट बच्नको लागि अमला, नासपाती , त्रिफला, पालुड्डोको सुप तथा करेलाको रसको सेवन पेट सफा गर्न उचित मानिन्छ । त्यस्तै उपवास एवं ब्रत बस्दा पिसाब पोल्न, पेट दुख्ने, छाती पोल्ने, कव्जियत, संक्रमण तथा गन्हाउने पसिना लगायतको समस्या पैदा हुने गर्छ । यस्तो अवस्थामा एकै पटक पानी पिउनुको सट्टा एक-एक घण्टाका फरकमा कागती पानीको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!