हेल्थ टिप्स

उपवास बस्नुका फाइदाहरु

अन्न केही पनि नखाई बसेको स्थितिलाई उपवास बसेको भनिन्छ जसलाई ब्रत बसेको पनि भनिन्छ। सनातन हिन्दुधर्म परम्परामा व्रत उपवासको महत्व रहिआएको छ । प्रत्येक पन्ध्र दिनमा आउने एकादशी उपवासको दिन हो । त्यसमा पनि विशेषतः चतुर्मास (आषाढ, श्रावण, भाद्र, आश्विन) का एकादशी खास मानिन्छन् । भदौ, असोजमा अन्य विभिन्न पर्व दिन पनि पर्छन् । उपवास बस्नुको धार्मिक महत्वको साथ-साथै स्वास्थ्यको दृष्टिकोण पनि ठुलो महत्व रहेको छ ।

उपवास भनेको आहारलाई सम्पूर्ण रूपले त्याग्नु हो । दूध, अन्न, फल आदि ठोस र तरल पदार्थ सेवन नगर्नु हो । एउटा निश्चित अवधिका लागि सबै आहार त्याग गरी शरीरका विविध अंगप्रत्यंग एवं उनीहरूको प्रक्रियालाई आराम दिई शुद्धि गर्नु नै उपवास हो। दिनमा एक चोटि आहार ग्रहण गरेर पनि उपवास बस्न सकिन्छ । हामी हरेक दिन, हरेक घण्टामा केही न केही खाइरहेका हुन्छौं । यसले गर्दा हाम्रा भित्री अंगहरू चलायमान हुन्छन् । खाएको कुरा पाचन प्रणाली हुँदै विकारयुक्त कुरा शरीर बाहिर निस्कन्छ र पोषण तत्व हाम्रा कोशिकाहरूमा पुग्छ ।

शरीरलाई नियमित र निश्चित आहारको जति आवश्यकता हुन्छ त्यति नै उपवास पनि लाभदायक छ । खानाले शरीरलाई इन्धन एवं शक्ति प्रदान गर्छ भने उपवासले शुद्धि र आरोग्यता । यसबाहेक पाचनप्रक्रिया, रक्तसञ्चार, आराम र चैतन्य प्रदान गर्ने काम उपवासले गर्छ । उपवासलाई प्राकृतिक उपचार भन्ने गरिन्छ। प्राय: रोग हानिकारक एवं अतिशय खानपानका कारण उत्पन्न हुन्छ । हामी जति खान्छौं त्यसको २५ प्रतिशतले जीवन निर्वाह हुन्छ। स्वस्थ्य व्यक्तिले पनि ६ महिनामा एकपटक उपवास बस्दा स्वस्थ एवं दीर्घायु रहन सकिन्छ ।

उपवास बस्नुका फाइदाहरु

१. पाचन तन्त्रलाई आराम दिलाउँछ ।

२. कलेजोको कार्यमा सहयोग पुर्याउँछ ।

३. रोग प्रतिरोधात्मक शक्तिमा अभिवृद्धि गराउँछ ।

४. निष्कासन कार्यलाई बढाउँछ ।

५. मानसिक शक्ति विकास गराउँछ ।

६. मोटोपन तथा शरीरको अनावश्यक बोसोलाई घटाउँछ ।

७. शक्ति बढाउँछ ।

८. व्यक्तिको कायाकल्प गरी पुनर्जीवन प्रदान गर्छ ।

९. स्नायु प्रणालीलाई सक्रिय बनाउँछ ।

१०. फोक्सो, कलेजो तथा मिर्गाैलाजस्ता अंगको कार्यक्षमता बढाउँछ ।

यो पनि पढनुहोस्

तिते करेला खानुका फाइदाहरु

चना र यसका फाइदाहरू

स्याउ र यसको फाइदाहरु

सुन्तला खानुका फाइदाहरु 

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

नट्सहरु खानुका फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply