विज्ञान जिज्ञासा

वैज्ञानिक कारण : ढोग गर्दा चरण स्पर्श किन गरिन्छ ?

Gopal Bhandari
गोपाल भण्डारी

हामी कसैलाई श्रद्धापूर्वक अभिवादन गर्दा शिर झकाउँछौं । साधारणतया हामी आफुभन्दा ठूलाबडा,गुरु वा बाबुआमालाई ढोग गर्दा चरण स्पर्श गर्दछौं । यसलाई हामीले आदर र सम्मानपुर्वक गरिएको भेटको रुपमा लिन्छौं । हामीले कसलाई अभिवादन गर्ने ?: जसलाई हामी हृदयबाट श्रद्धा गर्छौ, उसको सामुन्ने अभिवादन गर्छौ । कसैप्रति कृतज्ञता प्रकट गर्ने शैली पनि हो । आमा-बुवा, गुरु, मान्यजन वा आफ्नो लागि आदर्श कुनैपनि व्यक्तिप्रति हाम्रो श्रद्धा रहन्छ र उनीहरुको सम्मुखमा पर्दा हामी अभिवादन गर्छौ । अभिवादन गर्दा शिर झकाउने वा आफ्नो हातले खुट्टामा छोइदिने गरिन्छ । यसलाई ‘चरणस्पर्श’ भनिन्छ ।

तर यसको बैज्ञानिक कारण जव तपाई कसैको चरणस्पर्श गरेर ढोग गर्नुहुन्छ तपाईलाई उताबाट आशिर्वाद प्राप्त हुन्छ । जसले गर्दा त्यस्ता व्यक्तिसंग कुनै इगो भए पनि यस स्पर्शले दुवैजनाको आँखा आँखको हेराइले इगोलाई नष्ट गरिदिन्छ तपाईप्रति उसको सकारात्मक सोचको उर्जा प्रवाह हुन्छ जसलाई करुणा भनिन्छ । दुवैजनाको मष्तिस्क र सोचमा सकारात्मक सोचको प्रवाह हुन्छ । अहिलेको आधुनिक युगमा यस किसिमको संस्कार क्रमस हराउँदै गएको छ । आधुनिक पुस्ताले यसलाई खासै महत्व दिएको छैन । न यसको कारण खोज्ने जाँगर नै देखाएका छन् ।

चरण स्पर्श तथा ढोग प्रायस धर्मगुरु वा आफु भन्दा ठुलालाई आदर स्वरूप गरिन्छ । जब आदरणीय गुरु तथा सदस्यहरुले श्रद्धाले दिएको अहंकार बिहिन चरण स्पर्श तथा ढोगलाई स्वीकार गरिन्छ, तिनीहरुको मनबाट सकारात्मक बिचार एवं उर्जा जसलाई करुणा भनिन्छ उत्पादन हुन्छ । जुन हात तथा पाउ मार्फत चरण स्पर्शकर्तातर्फ प्रसारण हुन्छ । यसरी चरण ढोग गर्दा दुई अन्तर आत्माहरु एक आपसमा जोडिन्छ र अध्यात्मिक तथा कस्मिक उर्जाहरु धर्मगुरु वा आदरणीय सदश्यबाट प्रसारित हुन्छ ।

हामी आफ्ना मान्यजनलाई उसको खुट्टामा छोएर सम्मान प्रकट गर्छौं । यसको मनोवैज्ञानिक, शारीरिक फाइदा छन् । खासगरी ख्यातीप्राप्त व्यक्ति, जसलाई हामी आफ्नो जीवनको आदर्श ठान्छौं, उसको चरण स्पर्श गर्दा हामी स्वंमलाई फाइदा हुने वताइन्छ । के भनिन्छ भने, हरेक व्यक्तिको खुट्टामा उसको इनर्जी संचार भइरहेको हुन्छ । पूजनिय व्यक्तिको सकारात्मक इनर्जी आर्शिवादको रुपमा हाम्रो शरीरमा प्रवेश गर्छ । यसले हाम्रो आध्यात्मिक तथा मानसिक विकास हुन्छ ।

Like & Follow us on Facebook

महान वैज्ञानिक न्युटनको नियम अनुसार संसारमा हरेक कुरा गुरुत्वाकर्षणले बाँधिएको हुन्छ । गुरुत्व भार सधै आकषिर्त गर्नेतर्फ जान्छ । यो कुरा हाम्रो शरीरमा पनि लागु हुन्छ । यदि हामीभित्र करुणा, प्रेम, ज्ञान, विवेक, श्रद्धा, समर्पण, मित्रता जस्ता गुण छ भने त्यसले स्वतः अरुलाई आकषिर्त गर्छ । यस्ता गुणले भरिपूर्ण व्यक्तिको चरण स्पर्श गर्दा त्यसले हाम्रो शरीरमा उर्जा पैदा गर्छ । खुट्टा छोएर श्रद्धा प्रकट गर्नु एक विज्ञान पनि हो, जसले हाम्रो शारीरिक, मानसिक र बैचारिक विकाससँग जोडिएको छ ।

स्नायु प्रणाली अनुसार दिमागबाट निस्केका नसाहरु शरीरको विभिन्न भागहरुमा पुगेका हुन्छन् । शरिरको हात र खुट्टाहरु स्नायु प्रणालीको अन्तिम विन्दुहरू मानिन्छन् । हात मिलाउँदा र अंगालो मार्दा पनि उस्तै खालको उर्जाहरु एक आपसमा प्रसारण हुने गर्दछ । जब हात वा खुट्टाका औंलाहरू अर्को शरीरको हात वा खुट्टामा छुन्छ, एक किसिमको सर्किट बन्छ र दुई शरीरको अन्तर आत्माहरु जोडिन्छ । चरण स्पर्श गर्दा ढोग्नेको हात तथा औंलाहरू उर्जा प्राप्तकर्ता व्यक्ति हुन्छ भने अर्कोको पाउ उर्जा प्रदान गर्ने व्यक्तिको रुपमा चित्रित हुन्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!