चिकित्सा विज्ञान

कलेजोमा बोसो बढ्नु र यसका लक्षणहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकल कलेजोमा बोसो बढ्ने समस्या धेरैजसोमा देखिन थालेको छ । जबसम्म हाम्रो स्वास्थ्य परिक्षण गर्दैनौं तबसम्म हामीलाई कलेजोमा बोसो बढेको थाहा नहुन सक्छ किनभने यसको तत्काल कुनै शारीरिक प्रतिक्रिया नदेखिने भएकाले कलेजोमा बोसो जमेको कुरा धेरैलाई थाहा नहुन सक्छ । हुन त कलेजोमा सामन्य बोसो लाग्नु ठूलो कुरा होइन । तर, बोसोको मात्रा १० प्रतिशत भन्दा बढी छ भने त्यसले समस्या निम्त्याउँछ ।

कलेजो हाम्रो शरीरको महत्वपूर्ण अंग हो । तर, बद्लिदो जीवनशैलीको कारण अहिले कलेजोको समस्या धेरै पीडा बन्दै गएको छ । यो त्यही अवस्था हो, जब कलेजोमा बोसो जम्न थाल्छ । कलेजोमा अधिक बोसो जमेर हुने संक्रमणलाई फ्याटी लिभर भनिन्छ । वोसोयुक्त खानेकुराको सेवन, मोटोपन, अनियमित दिनचर्या, तनाव, रक्सीको सेवन, धुम्रपान जस्ता कारणले कलेजोमा बोसो जम्छ । यस्तो रोगले धेरैलाई सताएको हुन्छ । जब, कलेजोमा समस्या हुन्छ, शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थाल्दछ ।

Like & Follow us on Facebook

कलेजोमा बोसो बढ्दा देखिने लक्षणहरु

१. अरूची (खानामा रूची नहुनु) ।
२. पेट फुल्नु ।
३. आँखा र छालामा पहेंलोपन देखिनु ।
४. पेटको दाँयाबाँया भागमा पीडा हुनु ।

कलेजोमा बोसो बढ्दा खान नहुने

१. बजारमा भएका खाना सके सम्म नखाने ।
२. बोसो भएका माछा मासु नखाने ।
३. जाड, रक्सी, वियर नखाने ।
४. चिलियो खानाबाट बच्ने ।
५. अल्कोहलिक वा ननअल्कोहलिक जुनसुकै फ्याटी लिभर भएपनि मदिराजन्य पदार्थको उपयोग बन्द गर्नु उत्तम हुन्छ ।

नोट : फ्याटी लिभर हो भन्ने थाहा हुनासाथ डाक्टरको परामर्शमा Atorvastatin 10 mg tablet दिनमा एक पटक ठिक नहुँदासम्म लिनुपर्छ । यसको साथमा Amlycure D.S Capsules १ देखि २ क्यापसुल दिनमा ३ पटक खान दिनाले राम्रो फाइदा देखिन्छ ।

यो पनि पढ्नुहोस्

घरेलु औषधिबाट कलेजोको रोगको उपचार

टाइफाइड र यसको उपचार

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

सास गनाउने समस्या र यसको उपचार

मोतियाविन्दु र यसको उपचार

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!