स्वास्थ्यहेल्थ टिप्स

औषधीको रुपमा अदुवाको प्रयोग

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराई शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा भान्साको शोभा पनि हो । अदुवालाई औषधिको रूपमा प्रयोग गर्दा थुप्रै फाइदाहरु लिन सकिन्छ ।

दम खोकीमा

एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहान/वेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकी ठिक हुन्छ ।

चिसोको बाथ र कम्मर दुखेमा

आधा चम्चा सूठोको धूलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकता अनुसार नुन वा चिनी हालेर विहान पिउने गरेमा ठिक हुन्छ ।

उल्टी

अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुन बन्द हुन्छ ।

हृदयरोग

अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदय रोगमा फाइदा हुन्छ । अदुवाको सेवनबाट मुटु मजबुत हु्न्छ ।

मंदाग्नि

अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ । भोक जाग्दछ।

उदरशूल

५ ग्राम अदुवा, ५ ग्राम पुदीनोको रसमा थोरै सिधेनुन हालेर पिएमा उदरशूल हुँदैन ।

शीतज्वर

अदुवा र पुदिनाको काढा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ । शीतज्वरमा यो फाइदाजनक हुन्छ ।

पेटको ग्यास

आधा-चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या रहन्न ।

रुघा-खोकी

२० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात-कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।

खोकी र सासको रोग

अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ ।

भोक नलागेमा वा पेट सफा नभएमा

भोक नलागेमा अदुवाको बारीक चुर्णमा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढनुहोस्

औषधीको रुपमा कागतीको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!