स्वास्थ्यहेल्थ टिप्स

औषधीको रुपमा कागतीको प्रयोग

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

ईतिहास नियाल्ने हो भने कागतीलाई चीन तथा भारतमा झन्डै २५०० वर्ष अघिदेखि औषधोपचारमा उपयोग गरिएको पाइन्छ । कागती नेपालमा प्रसस्त उत्पादन हुने गरेको छ तर औषधिको रूपमा भन्दा भान्साको सोभा र लेमन टिको रूपमा लिएको देखिन्छ ।

दाद रोगमा

पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।

घाँटी बसेमा

मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान/बेलुका गारगल गर्नाले घाँटी बसेको ठीक हुन्छ ।

ओठ फुट्ने भएमा

दूधको तरमा कागतीको रस मिसाएर दिनको २/३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ ।

दाद आएमा

हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

कपाल झर्ने समस्या भएमा

कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चाया तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले फाइदा हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढनुहोस्

औषधीको रुपमा अदुवाको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!