खानपान

स्वास्थ्यको लागि करेला खानुका फाइदाहरु

स्वास्थ्यको लागि करेला खानुका फाइदाहरु । करेलाको वैज्ञानिक नाम Momordica Charantia भन्दछन् । नेपाली भाषामा तितो हुने हुनाले यसलाई तिते करेला नामले परिचित छ । करेलालाई संस्कृतमा कंटफल भन्दछन् । अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि भन्ने गरिन्छ । हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो । सब्जीको रूपमा प्रयोग गरिने करेला लहरामा फल्ने फल हो ।

करेलामा रहेको Momordicin नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ । आजकल करेला बढी खानाले सुगरको लेवल कम हुनुको साथै प्रेशर कम हुन्छ भन्ने मानसिकताले गर्दा करेलाको प्रयोग कम हुने गरेको पाइन्छ । कुनै पनि वस्तुको अत्यधिक सेवनले समस्या पैदा नहोला भन्न सकिदैन । आज नेपालमा सहि खानाको अभावमा विविध रोग उत्पति भएका छन् ।

हामीले खाने हरेक वस्तुको सेवन पुर्ब आफ्नो स्वास्थ्य कसरी सवल बनाउन सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर खाने गरेमा कुनैपनि समस्या उत्पन्न नहुने मेरो ठोकुवा छ । आयुर्वेदले यसलाई पक्षाघात, दम निको पार्न लाभदायक मानेको छ । पायल्स, पत्थरी जस्ता रोग हटाउन पनि यो लाभदायक रहेको आयुर्वेदमा उल्लेख छ । होमियोप्याथिक औषधिमा लामो समयदेखि करेलाको उपयोग गरिँदै आएको छ ।

करेला खानुका फाइदाहरु

१. पेटको जुका मार्न करेला उपयोगी औषधि मानिएको छ । दिनमा एकपटक एक चमच ३ दिनसम्म खान दिनु सवै झार्दछ ।

२. High Blood Pressure मा करेला धेरै राम्रो औषधि मानिएको छ। प्रेसरका रोगीले नियमित करेला खाने गर्नुपर्छ ।

३. तिते करेलालाई छाँयामा सुकाएर धुलो बनाउने र सिसीमा राख्ने आवश्यकताको समय एक-एक चमच यो औषधि सेवन गर्नाले इन्सुलीनको काम गर्दछ ।

४. करेलाको उपयोग छालाको रोगमा राम्रो छ । यसले छालामा निखार ल्याउनुको साथै चम्किलो बनाउन मद्दत गर्दछ ।

५. करेला नियमित सेवन गर्नाले श्वास-प्रश्वासमा समेत फाइदा गर्दछ ।

६. मधुमेहमा करेलाको तरकारी र सुप बनाएर खाएमा व्लडमा सुगरको लेवल कम गराउदछ ।

७. नियमित करेला खाने महिलाहरूको होमोग्लोबिनको कमी पुरा गर्दछ ।

८. क्यान्सरको रोगमा समेत करेला उपयोगी औषधि मानिएको छ ।

९. पत्थरीको रोगमा करेलाको रसले फाल्दछ । पत्थरी भएकाहरूलाई करेलाको तरकारी दिनु राम्रो हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि मेवा खानुका फाइदाहरु

स्वास्थ्यको लागि करी पत्ता खानुका फाइदाहरु

स्वास्थ्यको लागि सितलचिनी खानुका फाइदाहरु

स्वास्थ्यको लागि सितलचिनी खानुका फाइदाहरु

स्वास्थ्यको लागि कर्कलो खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!