घरेलु उपचार

भद्दा स्तनलाई कसरी सानो साइजमा ल्याउने सरल उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्तन भद्दा र ठूला छन् भने चिन्ता नलिनुहोस् । आज मैले यसको सामधानको उपाय बताउनेछु । निकै ठूला र साना स्तन हुँदा हिनताबोध महसुस गर्ने हुनाले स्तन महिलाहरूका लागि व्यक्तित्वको पहिचान पनि हो । त्यसो भएर होला, थुप्रै महिलाले आफ्नो वक्ष निश्चित आकार-प्रकारमा राख्न कोसिस गर्छन् । साना वा ठूला आकारका स्तनलाई आजभोलि प्लास्टिक सर्जरीबाट ठीक साइजमा ल्याउनेहरू पनि छन् ।

महिलाको जीवन बालिका, किशोरी, युवती हुँदै वृद्धावस्थासम्म चरणबद्ध रूपमा परिवर्तन हुँदै जान्छ । यसबीच प्रजनन उमेर (१५ देखि ४५ वर्ष) मा प्रत्येक महिना इस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोनका कारण महिलाका भित्री प्रजनन अंग (पाठेघर, डिम्बाशय, डिम्बवाहिनी नली) का साथै सहायक यौनांग स्तनमा परिवर्तन आउँछ ।

यौवनावस्थामा हुने शारीरिक परिवर्तनमा उचाइ एवं तौल बढ्छ, अनुहार चिप्लो हुन्छ, डन्डीफोर आउँछ, काखीमुनि र जनेन्द्रिय वरिपरि रौँ उम्रिन्छन् । योनी स्राव बढ्न थाल्छ । प्रत्येक महिना रजस्वला हुन थाल्छ । अन्य व्यक्तिलाई पनि महसुस हुने गरी स्तन बढ्न थाल्छ । स्तन वृद्धि तथा काखी एवं यौनांग वरिपरि रौँ पलाउने कार्यलाई चार चरणमा वर्गीकृत गरिन्छ । किशोरी अवस्थामा स्तनमा हुने यी परिवर्तन व्यक्तिपिच्छे फरक-फरक समयमा हुन सक्छ ।

यहाँ लामो बहसमा नगई यसको समाधान कसरी सम्भव छ भन्ने विषयमा लागौं । आजको लेखमा ठूलो भद्दा स्तनलाई कसरी सानो साइजमा ल्याउन सकिन्छ भन्ने विषयमा जानकारी प्राप्त गरेर घरेलु औषधिको चमत्कारलाई हेरौं । यो जडिबुटी धेरै महिला दिदीबहिनिले प्रयोग गरी सक्नु भएको छ ।

आउनुस उपचारका विधि सिकेर फाइदा उठाउ

१. धतुराको पात टिपेर ल्याउनुहोस् र हल्का गरम गर्नुहोस् । गरम भइसकेपछि पुरा स्तनलाई छोप्ने गरी पात राखेर ब्रा लगाउनुहोस् । यसरी केहि समय प्रयोग गर्दा हजुरलाई फाइदा भएको देख्नुहुनेछ । यो उपचार स्तनमा परिवर्तन नआउदासम्म गर्नुपर्ने छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

मानिसको सवैभन्दा ठूलो शत्रु कब्जियतको घरेलु उपचार

चायाँबाट बच्ने उपाय र यसको घरेलु उपचार

कपाल झर्ने समस्याको घरेलु उपचार

पेट दुख्ने समस्या र यसको घरेलु उपचार

श्वास गन्हाउने समस्या र यसको घरेलु उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!