स्वास्थ्य

पखला र यसको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

पखला पनि एक प्रकारको फोहर खानाको कारणबाट हुने रोग अन्तर्गत पर्दछ । पखलाको सवैभन्दा राम्रो उपचार भनेको पानी हो । हरेक व्यक्तिलाई बर्षको एक वा दूई पटक पेट सफा हुन पखला लाग्नुपर्छ ।

सामान्यतया दिनमा तीनचार पटकभन्दा बढी पातलो दिसा हुने अवस्थालाई झाडापखला भनिन्छ । यो समस्या सबै उमेरका व्यक्तिहरुलाई हुने गर्दछ भने कमजोर, बूढाबूढी ससाना केटाकेटी तथा दुब्ला पातला खालका व्यक्तिहरुलाई धैरैपटक भएमा त्यसले जीवनै खतरामा पार्दछ ।

गर्मी एवं वर्षायाममा यो समस्या बढी तथा प्रसारित हुने गर्दछ भने जाडो समयमा पनि हुने गर्दछ । हाम्रो देशमा प्रत्येक वर्ष हजारौँ बालबालिका झाडापखालाको कारण मर्ने गरेका छन् । झाडापखालाको समस्यामा पहिले दिशा गिलो हुने, पेट फुल्ने, कराउने जस्ता लक्षणहरु देखा पर्दछ ।

उपचार

१. पखाला लागेपछि शरीरबाट ठूलो मात्रामा खनिज नाश हुने गर्छ । यसका लागि जीवनजल वा पानीमा कागती, नुन र चिनी मिसाएर दिनभर पिउनुपर्छ । त्यस्तै पातलो सुप वा फलफूलको जुस पनि शरीरमा पानीको मात्रालाई सही राख्न पिउन सकिन्छ ।
२. पखाला लागेको बेला धेरै फाइबर भएका फलफूल वा खाना भने खानु हुँदैन । स्याउजस्ता फलहरु खायो भने स्थिति झन खराब बन्न सक्छ ।
३. कडा कफी खायो भने त्यसले पनि पखाला नियन्त्रण गर्न मद्दत गर्छ ।
४. दहीमा भुटेको मेथी र जिरा मिसाएर खायो भने पखाला रोक्न सहयोग गर्छ । ४/५ पटक भन्दा बढी पखला लागेमा नजिकको स्वास्थ्य समस्था हेल्थ पोष्ट या क्लिनिकमा सम्मपर्क राख्नुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!