स्वास्थ्य

रोटाभाइरस रोकथाम र प्राथमिक उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

रोटाभाइरस सबैभन्दा बढी एकदेखि ५ वर्ष मुनिका बालबालिकालाई प्रभाव पार्छ । त्यसबाहेक नवजात शिशुदेखि एक वर्षसम्मका बालबालिका तथा ५ बर्ष माथिका बालबालिकाहरू पनि प्रभावित हुने गरेका छन् ।

फोहर मन पराउने यो भाइसर विशेष गरी जाडो र गर्मी मौसम दुवैमा देखिन्छ । फोहर तथा दिसामा पाइने यो भाइरस विभिन्न माध्यमबाट मुख हुदै शरीरसम्म प्रवेश गर्छ । जव शरीरमा प्रवेश गर्छ त्यसले बालबालिकाको स्वास्थ्यमा ठूलो गडबढी मच्चाउछ ।

सँक्रमण भएपछि के खुवाउने ?

दुधे बालकलाई दुध खुवाई राख्ने , अझ अरूबेला भन्दा छिटो-छिटो चुसाउने वा पिलाउने । जीवनजल र साधा पानी पनि प्रशस्त खुवाउने ।
अन्न खान शुरू गरेका बालबालिकालाई जीवनजल र साधा पानीसंगै आमा दुध, जीवनजल, गेडागुडीको रस, दालको रस, दही, मही तथा कालो चिया दिन सकिन्छ ।

के नखुवाउने ?

ग्लुकोज पानी, रियल जुस, फ्रुटी, कोक, फेन्टा, पेप्सी र केरा खान दिनुहुँदैन । यो रोग फोहर खानाबाट हुने हुनाले होसियारी अपनाउन र सफा पानी जीवनजल प्रशस्त दिन सके राम्रो उपचार मानिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

पखला र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!