राजनीति

गाजालाई फुकुवा गरे कसो होला ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गाजालाई फुकुवा गरे कसो होला ? सम्पुर्ण नेपाली निरोगी भए देश पनि निरोगी हुन सक्छ । नेपाली निरोगी हुन आफ्नै भुमिमा उत्पादन भएको चाहे जडिबुटी होस या तरकारी होस् या खाद्यान्न प्रयोगमा आउनुपर्ने हुन सक्छ । आज सवै बस्तु विदेशबाट आयत हुन्छ । जडिबुटी छ प्रयोग छैन, जग्गा छ पानी छैन, खेती योग्य जमिन छ तर नहर छैन, परिवर्तन चाहेर होइन गरेर मात्र सम्भव छ । विकास कल्पनामा मात्र सिमित रहेर होइन सवै मिलेर गर्न सक्नुपर्छ ।

यो पनि पढ्नुहोस्

गाजा र यसको उपयोगिता

घिउ कुमारी र यसको उपयोगिता

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

औषधिको रुपमा बर्रोको प्रयोग

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

हिजो एकजना सक्रिय राजनीति गर्ने व्यक्तिले गाजा नष्ट गर्ने क्रममा मलाई भन्नुभयो, यसवाट थुप्रै औषधि बन्ने रहेछ भन्ने कुरा सुनेको थिए तर आज जान्दा जान्दै फाल्नु परेको छ । यदि यस्ता बस्तुलाई खुला गर्ने सके थुप्रै कम्पनिले नेपालबाट लग्ने थिए । नेपालीले राम्रो पैसा कमाउने अवसर पाउने थिए । तर प्रयोगमा ल्याउन नसक्नु बिडम्बना हो । सरकारले यस्ता विषयमा ध्यान दिन सके यसवाट प्रशस्त पैसा भित्र्याउन सकिने देखिन्छ । गाजालाई फुकुवा गर्ने वित्तिकै अन्तर्राष्ट्रिय कम्पनीले नेपालको गाजा लग्ने छन् । जुन वस्तुको मुल्य केहि छैन, फुकुवा हुने वित्तिकै यसको मुल्यबाट नेपालीको जीवनस्तरमा राम्रो सुधार हुनेथियो ।

Like & Follow us on Facebook

जंगलमा छरिएर रहेका जडिबुटीबारे जानकारी प्राप्त गरेर छरछिमेकमा जनचेतना जगाउन सके ठूलो उपलब्धि हुने देखिन्छ । आज हामी सवै परनिर्भरपनको सिकार भएर पश्चिमाहरूको उपलब्धिलाई आत्मासाथ गर्दै करोडौं रूपैया बगाएका छौं । नेपाल पछि पर्नुको प्रमुख कारण भनेको बिदेशी राष्ट्रको नक्कल गर्नु भन्दा खासै फरक छैन । नेपालको विकासलाई केलाउदै युवा अघि बढ्न नसके ठूलो उपलब्धि नहुने मेरो विचार छ । आज नेपालको सम्पदा जडिबुटी त्यसै खेर गइरहेको छ । आज हामी प्राकृतिक सम्पदाले धनी हुदाहुदै पनि किन गरीब छौं यसतर्फ सबैको ध्यान पुग्न जरूरी छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!