आयुर्वेद

औषधिको रुपमा बहुउपयोगी अमलाको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अमला नेपालको जंगलमा पाइने जडिबुटी र पौष्टिक फल हो । यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ त्रिफलाको ३ औषधिमध्ये एक भाग अमला महत्वपूर्ण जडिबुटीभित्र पर्दछ । अमला भिटामिन सिको राम्रो स्रोत भएकै कारण अमलालाई महत्वपूर्ण फलको रुपमा राखिएको छ ।

त्रिफला बनाउन प्रयोग हुने अमलाको प्रयोगले दिसा सफा गराउने, सुन्निएको कलेजो, ववासिर र पेट सम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने रक्तअल्पत्ता कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ ।

यो पनि पढ्नुहोस्

औषधिको रुपमा बहुउपयोगी बर्रोको प्रयोग

औषधिको रुपमा बकाइनोको प्रयोग

औषधीको रुपमा तितेपातीको प्रयोग

नीम र यसको प्रयोग

कालो तिल र यसको प्रयोग

धनिया र यसको प्रयोग

धतुरो र यसको प्रयोग

जामुन र यसको प्रयो

गाजा र यसको उपयोगिता

अमलाले युवाहरुमा यौवन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवा अवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

औषधिको रुपमा अमलाको प्रयोग

१. कब्जियत

अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो समभाग मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।

२. आँखाको दृष्टिशक्ति बढाउन

अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने गर्नाले राम्रो फाइदा हुन्छ ।

३. अरुचि

दिनको दुई तीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक जगाउदछ ।

४. शरीरको गर्मीपना हटाउन

जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ ।

५. चिलाउने समस्या

सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ ।

Like & Follow us on Facebook

६. कपालको चाया

हप्तामा एकदुईपटक अमलाको चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ । साथै, कपाल पनि लामो र चम्किलो हुन्छ ।

७. भिटामिन सीको कमी पूरा गर्न

अमला भिटामिन सीको प्रमुख स्रोत हो । त्यसैले यसलाई भिटामिन सीको भण्डार पनि भनिन्छ । भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छन् । यी रोगहरूबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्न अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!