आयुर्वेद

औषधिको रुपमा बहुउपयोगी हर्रोको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेदिक औषधी पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको हर्रो एउटा फल हो । अमलाको फलको धुलो कब्जियत सफा गर्नमा एकदम उपयोगी मानिन्छ । फल पकाएको रस गिजाबाट रगत आउने र गिजाको अन्य रोगमा पनि उपयोग गरिन्छ । भुटेको वा पोलको फल खोकी वा कफ निको पार्न पनि खाने गरिन्छ ।

हरडको टुक्रो चपाएर खानाले भोक बढ्दछ । सानो हर्रोको टुक्रालाई पानीमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल (मुखमा आउँने खटिरा) नष्ट हुन्छ । अवस्था अनुसार यसलाई जुनसुकै बखत खान सकिने भएपनि यसलाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस्

औषधिको रुपमा बहुउपयोगी अमलाको प्रयोग

औषधिको रुपमा बहुउपयोगी बर्रोको प्रयोग

औषधिको रुपमा बकाइनोको प्रयोग

औषधीको रुपमा तितेपातीको प्रयोग

नीम र यसको प्रयोग

कालो तिल र यसको प्रयोग

धनिया र यसको प्रयोग

धतुरो र यसको प्रयोग

जामुन र यसको प्रयो

गाजा र यसको उपयोगिता

औषधिको रुपमा हर्रोको प्रयोग

१. दाद आएमा

हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

२. जण्डिस (कमलपित्तमा)
एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान/वेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।

३. पातलो दिसा

काँचो हरडको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ ।

Like & Follow us on Facebook

४. अम्लपित्त

हरडको चुर्ण एक चम्मचको मात्रामा दुई किशमिशको साथमा लिनाले अम्लपित्त (एसिडिटी ) को सिकायत रहन्न । निर्मुल हुन्छ ।

५. कफको सिकायत

हरडको चुर्ण विहान वेलुका कालो नुनको साथमा सेवन गर्नाले कफको सिकायत रहन्न ।

६. उल्टी

हर्रोलाई पिंधेर यस्मा मह मिलाएर चाट्नाले उल्टी आउँन बन्द हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!