स्वास्थ्यहेल्थ टिप्स

दाँत कसरी सुरक्षित गर्ने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

दाँतको भूमिका खाना चपाउनका लागि मात्र होइन, हामीलाई सुन्दर देखाउन पनि हुन्छ । तर यहि दाँतको ख्याल भने हामीले त्यति गरेको पाईँदैन । नदुखेसम्म वा समस्या नआउँदासम्म दाँतको बारेमा खास ध्यान दिँदैनौँ । सरसफाईमा कमी तथा खानपानमा ख्याल नगर्दा दाँतमा विभिन्न समस्या देखिने गरेको दाँतका डाक्टरको भनाई छ । दाँतमा किरा लाग्ने होइन दाँतलाई एसिडको कारणले रोग लाग्ने हो ।

दाँतको सुरक्षा गर्ने तरिका 

१. अनावश्यक रुपमा ब्रस गर्नाले पनि दाँतको बाहिरी भागमा हुने इनामेल खिईने गर्छ । यसले गर्दा समस्या आउने गरेको हुन्छ ।

२. दाँतको सुरक्षाका लागि सकेसम्म जङ्क फुड र फास्ट फुडको कम प्रयोग गर्नुपर्छ किनकी एसिडिक खानेकुरा, कोल्ड ड्रिंक्स खाएको आधा या एक घण्टासम्म ब्रस गरिएन भने त्यसले दाँतलाई कमजोर बनाउँछ ।

३. धेरै तातो र चिसो खानेकुरा एकैपटक नखाने, तातो चिसो खादाँ दाँतको संवेदनशीलतामा ह्रास आउने गर्छ ।

४. जाडोमा खाना खाइसकेपछि वा गुलियो खानेकुरा खाएपछि ब्रस गर्नुपर्छ, ब्रस गर्न नमिलेमा मुख राम्रोसँग कुल्ला गर्नुपर्छ ।

५. सूर्तिजन्य पदार्थ सेवनका कारण दाँत फोहोर देखिनुका साथै अरु समस्या देखिन्छ । तसर्थ यस्ता पदार्थको सेवन नगर्दा दाँतलाई सुरक्षित राख्न सकिन्छ ।

६. दाँतको बिचमा जमेको फोहोरले गर्दा श्वास गनाउने हुदाँ खाना खाइसकेपछि डेन्टल फल्स र या दाँतमा अड्किएको फोहोर निकाल्न इन्टरडेन्टल ब्रसको प्रयोग गर्न सकिन्छ ।

७. गुलियो, क्यामिकलयुक्त र जङ्क फुटको प्रयोगले दाँतमा ब्याक्टेरिया संक्रमण ल्याउने र दाँत दुख्न सक्ने हुनाले दिनको दुईपटक खाना खाईसकेपछि ब्रस गर्नुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

दाँत किन झन्झनाउँछ ?

दाँत कसरी माझ्ने ?

दाँत र शारीरिक स्वास्थ्यको सम्बन्ध

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!