खानपानस्वास्थ्य

आयुर्वेदिक जडिबुटी जामुन र यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो जंगलमा पाइने जामुन हामीले यसलाई फलफूलको रूपमा सेवन गर्ने गरेको सबैलाई थाहा हुन सक्छ तर जामुनमा औषधिय गुण भएको केहीलाई थाहा नहुन सक्छ । जामुन हेर्दा साधारण भएपनि यसमा ठुल्ठूला रोग निको बनाउने गुण विद्यमान भएको आयुर्वेदिक ग्रन्थहरूमा पाइन्छ ।

जामुनमा एन्टी क्यान्सरका गुण पनि पाइने बताइन्छ । केमोथेरापी र रेडिएसनमा पनि जामुन फाइदाजनक हुने गर्दछ । जामुनको पाकेको फल खानाले पथरीमा फाइदा पुग्दछ । जामुनको दानाको चूर्ण दहीसँग मिलाएर खानाले पथरीमा फाइदा पुग्दछ ।

लिवरका लागि जामुनको प्रयोग धेरै नै फाइदाजनक हुने गर्दछ । कब्जियत र पेटका रोगीका लागि जामुन फाइदाजनक हुन्छ । त्यस्तै मुखभित्र देखिने छालाका समस्यामा पनि जामुनको रस प्रयोग लाभदायक मानिन्छ । जामुन सुगरको सवैभन्दा राम्रो औषधि मानीएको छ ।

यो मौसमी फल भएकाले सिजनमा यस्को फल सुकाएर नित्य सेवन गर्नाले सुगरको रोग निको हुन्छ । आयुर्वेदिक औषधिमा सुगरको लागि जामुन १ नम्मवरको औषधि मानीएको छ । कुनैपनि औषधि सेवन गर्नु पुर्व वैद्यको निरिक्षणमा औषधि सेवन गराउनु राम्रो हुन्छ ।

एक केजी जति ताजा फललाई माटाको भाडामा राखेर पानीले भरेर कपडाले बान्नु होस र पाचदिन बाट ताजा जामुन संग यो रस नित्य पिउनुहोस सुगर निको हुन्छ । ताजा फल नपाएमा सुकेको फलको प्रयोग यसरी नै गर्न सकिन्छ । ताजा फलमा जस्तो फाइदा कम हुन सक्छ तर यसरी गर्दा पनि ताजाले जस्तै फाइदा दिने कुरा वैधक ग्रन्थमा उल्लेख भएको पाइन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

जामुन र यसको उपयोगिता

एकैसाथ मिसाएर खानु नहुने खानेकुराहरु

कुन खानेकुरासंग के मिसाएर खानु हुँदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!