स्वास्थ्य

होम्योपैथीक औषधि र दादको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा दादले महामारीको रूप लिएको छ । दादको बारेमा लेख्नु पुर्व शरीरमा हुने दाद, खाज, खुजलीबाट शा यद नै कोही व्यक्ति अपरिचित होला । जीवनमा एकपटक यो समस्या प्राय: जसो सबैले भोगेको हुनुपर्छ । जसलाई यो हुन्छ त्यो व्यक्ति ठाउँ न कुठाउँ केही हेर्दैन ।

लाज सर्म छोडेर कन्याउन थाल्छ । कन्याउँदा उसलाई बडा आनन्द आउँछ । कोही–कोही त यतिसम्म कन्याउनमा मस्त हुन्छन् कि रगत आउँदा पनि कन्याउन छोड्दैनन् । यस्तो हुन्छ ऐग्जिमा । यो रोग हात, खुट्टा, टाउको, छाती, काखी, दाह्री, नङ, लिंग, जाँघ, पेटको तल्लो भाग र अन्डकोशमा धेरैजसो हुन्छ ।

चिकित्सकीय भाषामा आयुर्वेदमा यसलाई दाद र एलोप्याथीक वा होमियोप्याथीकमा यसलाई रिङ वर्म अर्थात् गोलो आकारको दाद भनेर चिनिन्छ । दाद अंगुठीको आकारको जस्तो गोलो हुन्छ । जसमा खुजली भइरहन्छ । यो रोग एक किसिमको सरूवा रोग हो । एकबाट अर्कामा फैलिने किसिमको रोग हो ।

यो रोग एक व्यक्तिबाट अर्कोमा तब फैलिन्छ । जब कोही व्यक्ति यस रोगबाट ग्रस्त व्यक्तिले प्रयोग गरेको चिज जस्तै तौलिया, माल, लुगाहरू वा क्रिम आदिको प्रयोग गर्दछ । दाद धातुगत (कन्स्टिच्युसनल) रोग हो जुन शरीरभित्र धातुदोषको कारण उत्पन्न हुन्छ । अत: यस रोगलाई ठीक गर्नका लागि बाहिरी प्रयोग गर्ने मल्हमको अपेक्षा आन्तरिक सेवन गर्ने औषधिको प्रयोग गर्नु अधिक लाभदायक हुन्छ ।

उपचार

होम्योपैथीक वेसिलिनम (Bacilinum) 200ch को औषधि हप्ताको एक पटक ४ हप्तासम्म खाने र पछि एक महिनापछि १ पटक १ एमको गरी ४ महिना दिने र लगाउनको लागि एलोपैथिक मलहम Derobin Ointment पहिले राम्रो छालामा लगाएर हेर्ने यदि प्रती कृया देखाएमा यो औषधि नलाउने नदेखाएको खण्डमा दादको एरियामा मात्र लगाउने निको हुन्छ । औषधि खरिद गर्दा र प्रयोग गर्दा सल्लाह लिएर मात्र प्रयोग गर्ने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्    

दाद र यसको उपचार

होम्योपैथीक (Homeopathic) र यसको प्रभावकरिता

होम्योपैथीक औषधि र मानसिक रोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!