जीवन-दर्शन

हामी मानिस किन जन्मन्छौ ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

मानिस सबैको मनमा उठ्ने प्रश्न हामी किन जन्मन्छौ अनि किन मर्छौ ? जन्मेको किन होला ? आफै जानी-जानी जन्मेको त पक्कै होईन होला ? जन्मको प्रयोजन के होला ? यत्रो दु:ख दिनुथियो भने किन जन्मेको ? के अर्थ छ यो सुख-दु:ख भोग्नमा ? कसले गराएको होला यस्तो ? हामी सबैको मनमा जिज्ञासा लाग्नु स्वाभाविकै छ ।

हामी यो दुनियालाई भोग्न जन्मिएका हौ र सबैथोक भोग्न यहाँ मात्र पाईन्छ । नर्कको भोग गर्न पनि यहा पाईन्छ, स्वर्गको भोग गर्न पनि यहाँ पाईन्छ र बैकुण्डको भोग गर्न पनि यहाँ पाईन्छ । मरेपछि पाईन्न, मरेपछि कुनै भोग नै हुदैन । भोग्नको लागि शरिरको आवश्यकता पर्दछ ।

सफ्टवयरले काम गर्नको लागि हार्डवयर चाहिन्छ । हार्डवयर भएन भने जतिसुकै राम्रो सफ्टवेयर पनि अर्थहिन हुन्छ त्यसैले सबै कुरा भोग्नको लागि शरीर आवश्यक छ र हामी सबै लोकहरु भोग्नका लागि यहाँ आएका हौ । जिउदो छदै बैकुण्ठको भोग पनि गर्न सकिन्छ, स्वर्गको पनि सकिन्छ र नर्कको पनि भोग गर्न सकिन्छ । मृत्यु पछाडि हाम्रो मन, हाम्रो सस्कार, हाम्रो स्वभाव सबै बिज बनेर बस्छ ।

हाम्रो चेतनाको कहि अन्तरमा हाम्रो मन बिज बनेर बसेको हुन्छ र फेरि अर्को शरीर लिएपछि बिस्तारै हाम्रो मन प्रष्फुटन हुन्छ । बिज फेरि बिरुवा बन्न थाल्छ र यहि बिरुवामा पुर्व जन्मको सस्कार, पुर्व जन्मको सुख-दु:ख, पुर्वजन्मको कमाई उत्पन्न हुन्छ र यसैलाई हामी भाग्य भन्दछौ । भाग्यको भोग गर्नको लागि शरिर लिन आवश्यक छ त्यहि भएर हामी जन्मन्छौ । हामी भोग्न चाहन्छौ, नयाँ कुरा थाहा पाउन चाहन्छौ । यसको लागि शरिर आवश्यक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

के मानिसको तीनवटा आँखा छन् ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!