स्वास्थ्य

डिप्रेसन किन हुन्छ ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

डिप्रेसन अर्थात् दिग्दारी रोगले यतिवेला नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ । डिप्रेसन कम कडा खालको मानसिक रोग हो । अर्को शब्दमा दिग्दारी रोग हो। सधैँ दिग्दार देखिने अर्थात् निराश देखिने रोग हो । यो रोग कसरी सुरु हुन्छ भन्ने विषयमा केहिलाई जानकारी नहुन सक्छ । हामीले खाना खान्छौं बाच्नका लागि हरेक व्यक्तिको फरक बिचार हुन सक्छ । लामो अनुभवबाट डिप्रेसन हुनुको प्रमुख कारण सेक्समा सन्तुष्टि नहुनुलाई प्रमुख कारण हामीले लिएका छौं ।

कोही आर्थिक समस्या समाधान गर्न नसकेका कारणले पनि डिप्रेसन भएको छ । डिप्रेसनको उपचार औषधी मात्र होइन यसका लागि प्रमुख कारण हटाउन सकेमा ठूलो उपलब्धि हुनेछ । एउटा महिला डिप्रेसनको सिकार छन् भने के कारणबाट छन् बुझ्न सके औषधि नखाई समस्या समाधान गर्न सकिन्छ तर आजकाल औषधिलाई प्रधान मानिएको छ । लामो समय डिप्रेसनको औषधी खाइरहेको व्यक्तिले बिचमा औषधी छोड्छ भने उ आत्माहत्यासम्म गर्न पुग्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

डिप्रेसन र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!