यौन जिज्ञासाहेल्थ टिप्स

महिलाको यौन अंगको सफाईमा फिटकिरी प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

महिलाको यौन सम्वन्धित थुप्रै रोगहरू दैनिक बढ्नुको प्रमुख कारण हो सफाईको अभाव । सेतो पानी बग्ने चिलाउने सवै फोहरको कारणले हुने गर्दछ । आज नेपालमा यौन अंग धुनुपर्छ भन्ने हो भने अधिकांशलाई यो कुरा थाहा छैन । तर कतिले दैनिक सफाई गरेको बताउछन् तर भित्री भाग सफाई गरेको रेकड छैन ।

कम्तीमा हरेक महिलाले बर्षमा ४ पटकसम्म डुस गर्नुपर्ने हुन्छ । यसले यौन अंग चिलाउने सबैजसो महिलाहरु आफ्नो जीवनको कुनै न कुनै क्षणमा योनी चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन ।

योनी चिलाउने समस्या धेरै कारणहरुमध्ये प्रमुख कारण योनी राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावी यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनी चिलाउँछ । जथाभावी यौन सम्बन्ध राख्नाले, रोगसँग लड्ने क्षमता कमि हुनाले वा मधुमेहको बिरामीलाई यिस्ट इन्फेक्सन हुने सम्भवना हुन्छ र यौन अंग चिलाउन सक्छ ।

हाम्रो घरमा फिड्करी प्राय: हुन्छ यदि छैन भने किराना पसलमा अवश्य पाइन सक्छ । थोरै पानीमा राखेर पकाउने र सेलाएपछि दैनिक यो पानीले यौन अंग धुनाले थुप्रै रोगहरूबाट बचाउन सक्छ । आफुले सफा गर्न नसके डाक्टरलाई यौन अंग सफा गराउन भने हुन्छ ।

फिटकिरी पानीले भित्र बाहिर धुनाले यौन अंग टाइट हुनुको साथै थुप्रै रोगबाट बचाउछ । हेर्दा सामान्य भएपनि यसले ठूलो औषधिको रूपमा काम गर्दछ । थोरै पिसेको फिटकिरी सेवन गराउनाले बढी रक्तश्राव र सेतो पानी, मैला पानी बग्ने लाई समेत रोक्ने काम गर्दछ । यौन अंग चिलाउनुमा एलर्जीको ठूलो हात हुन्छ ।

यदि यस्तो समस्या देखिएमा डाक्टरलाई देखाएर उपचार गराई हाल्नु पर्दछ । हुनत प्राकृतिक संरचना अनौठो किसिमको छ । महिलाको स्वास्थ्य ठिक छ भने यौनअंग आफै पनि सफा हुने गर्दछ । योनीमा बाहिरी संक्रमण र कमजोरको कारणले रोग लागेमा सफाई गर्नुपर्ने हुनसक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्    

फिटकिरी र यसको प्रयोग

यौन दुर्वलता घटाउने उपायहरु

गर्भावस्था र यौनसम्पर्क

यौन आनन्द प्राप्त गर्ने पाँच चरणहरु

हप्तामा २-३ पटकसम्म यौनसम्पर्क गर्नेलाई हृदयघात हुने सम्भावना कम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!