स्वास्थ्यहेल्थ टिप्स

औषधिको रूपमा फिट्कीरीको प्रयोग

फिटकिरी एक औषधिय गुण भएको रसायनिक पदार्थ हो । वर्षौँदेखि हामी घरमा फिटकिरीको प्रयोग गर्दै आएका छौँ । फिटकिरीमा एन्टी ब्याक्टेरियल गुण हुन्छ । फिटकिरी दुई किसिमका हुन्छन् । एक किसिमको फिटकिरी हल्का रातो देखिने किसिमको हुन्छ भने अर्को सेतो रंगको हुन्छ । आयुर्वेदमा फिटकिरीलाई एक महत्वपूर्ण औषधी मानिन्छ । आज हामी औषधिको रूपमा फिट्कीरीको प्रयोगको बारेमा चर्चा गर्छौँ ।

१. आँखाको रोगमा

सानो शिशी गुलाफ जलमा २ चिम्टी फिटकिरी, आँखा पोलेमा २\२ थोपा बिहान\बेलुका हाल्नाले ठीक हुन्छ ।

२. ज्वरो आएमा

दिनदिनै वा ३\४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिटकिरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसँग खानुहोस र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३\४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ ।

३. मलेरिया ज्वरोमा

फुराएको फिकिरीको धूलो २ चिम्टी, नौशादर दुइ चिम्टी, गेरु दुइ चिम्टीको मात्रा मिलाएर दिनको चार पटक पानीसँग खाएमा मलेरिया ज्वरो निको हुँदै जान्छ ।

४. दम र खोकीमा

दमको रोगीको लागि फिटकिरी रामबाण सावित हुन्छ । फिटकिरीको धुलोलाई महसँग मिसाएर चाट्ने गर्ने हो भने दम तथा खोकी हुन्छ । दूधे बालकलाई खोकी लागेमा फुराएको फिटकिरी १ चिम्टी हालेर पानीमा फिटेर आमाको थुनमा लगाउनाले खोकी कम हुन्छ । जब बच्चाले दूध खान्छ सँगसँगै फिट्किरीको पानीले पनि काम गर्छ ।

५. पेट बटारिएर दुख्ने रोगमा

फुराएको फिटकिरीको चूर्ण १ चिम्टी २ वटा दाख भित्र हालेर बिहान/बेलुका पानीसँग खाने गरेमा केही दिनमै दुखेको पेट ठीक हुन्छ ।

६. दन्त शूलमा

सिमालीको जरा फिटकिरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् ।

७. डण्डिफोर र छालाको चायामा

फिटकिरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठीक हुन्छ ।

८. घाउ/चोट लाग्दा

यदि तपाईलाई केही घाउ/ चोट लागेको छ र रगत बगिरहेको छ भने फिटकिरी पानीले घाउ धुनाले रगत बग्न रोकिन्छ ।

९. अनुहारको चाउरीपन हटाउन

यदि तपाईको अनुहारमा चाउरीपन देखिएको छ भने फिटकिरी पानीको प्रयोग गर्न सक्नुहुनेछ । फिटकिरीको टुक्रालाई डुबाएको पानीले हल्का अनुहार मसा जगर्ने र केही समय पछि सफा पानीले धुने गर्नाले चाउरीपन कम हुन्छ ।

१०. पसिना गन्हाउने समस्याबाट छुटकारा पाउन

यदि तपाईको शरीरमा पसिना गन्हाउने समस्या छ भने फिटकिरीको धुलोलाई नुहाउने पानीमा घोल्ने र सोही पानीले नुहाउने गर्नाले समस्या समाधान हुन्छ ।

११. दाँतको समस्याको लागि

फिटकिरीमा एन्टि ब्याक्टेरियल गुण पाईन्छ । त्यसैले दाँतको दुखाईमा फिटकिरी पानीले कुल्ला गर्ने गर्नुपर्छ ।

१२. जुम्रा मार्ने घरेलु उपाय

यदि कपालमा जुम्रा परेर आत्तिनुभएको छ भने फिककिरी पानीले कपाल नुहाउने गर्नुपर्छ ।

१३. पिसाब संक्रमण समाधानमा

पिसाब संक्रमण भएको व्यक्तिले हरेक दिन फिटकिरी पानीले यौनांग सफाई गर्ने हो भने यो समस्याबाट छुटकारा मिल्छ ।

यो पनि पढ्नुहोस्    

फिटकिरी र यसको प्रयोग

महिलाको यौन अंगको सफाईमा फिटकिरी प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!