धर्म-सस्कृति

तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

Gopal Bhandari
गोपाल भण्डारी

तिहार हिन्दू धर्मावलम्वीहरुको दोस्रो ठुलो चाड हो । यो चाड कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । यसलाई नै यमपञ्चक पनि भनिन्छ । तिहारको पाँच दिन पशुपन्क्षी र मानिसको पूजा सम्मान र तीसँग जोडिएका मानवीय र भावनात्मक पक्ष र महत्त्वसँग सम्बन्धित छ । तिहारको पृष्ठभूमिमा जे जस्ता सांस्कृतिक महत्व देखिएतापनि त्यो भन्दा बढी वैज्ञानिक महत्व पनि रहेको छ । तिहार कृष्ण र शुक्लपक्ष अर्थात् नकारात्मक र सकारात्मक तत्त्व एकाकार भएको पर्व हो । तिहारमा कृष्णपक्ष र शुक्लपक्ष दुवै हुन्छ । नकारात्मक र सकारात्मक तत्त्वको फ्युजनबाट जीव, जगत र ब्रह्माण्डको सृष्टि हुन्छ, सन्तुलन हुन्छ ।

तिहार पर्वको पहिलो दिन कागको पूजा हुन्छ । यस दिनलाई आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्तीको रूपमा मनाउने चलन पनि छ । जस्तो चराहरू भनेका वातावरण सन्तुलनका प्रतीक हुन् । बालीनालीमा लाग्ने कीराहरू खाइदिएर चराहरूले कृषिप्रधान मुलुकका कृषकहरूलाई सहयोग पुर्याउने काम त यसैपनि गर्दै आएका छन् अप्रत्यक्ष रूपमा उनीहरूले मौसम सन्तुलनको दिशामा पनि त्यति नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । वर्षको एकदिन कागको पूजा गर्ने प्रसङ्गले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्छ भन्ने सन्देश दिन खोजेको बुजिन्छ । त्यस्तै कुकुरको स्वामीभक्ति त यसैपनि संसारमा प्रसिद्ध छ । आफूलाई संरक्षण दिनेप्रति हामी सबैले कुकुरले जत्तिकै इमानदार हुनु कुकुर पूजाको प्रसङ्गले बुझिन्छ।

लक्ष्मी पूजा अर्थात् गाई तिहार औंसीको दिन मनाइन्छ । विहान गाईको पूजा बडो भक्तिको साथ गर्ने चलन रहेको छ । वैज्ञानिक दृष्टिले हेर्दा पनि गाईको दूध, गहुत र गोबर अत्यन्तै महत्वपूर्ण मानिन्छ । वर्षायाम समाप्त भएर ऋतु परिवर्तन हुने यस समयमा वातावरणलाई शुद्ध राख्न कपासको बत्ती शुद्ध घीउमा भिजाएर बाल्दा त्यसबाट उत्पन्न हुने सुगन्धित धूवाले वातावरणलाई सफा र स्वच्छ राख्न मद्दत गर्छ । त्यसैले यतिबेला गरिने गाई, गोरु र गोवर्द्धन पर्वतको पूजाको अर्थ पनि उनीहरूप्रति इमानदार हुनुपर्छ भन्ने हुन्छ । लक्ष्मी पूजाको अर्थ धनसम्पत्ति प्राप्तिको कामना हो । धन कमाउनका लागि शरीर स्वस्थ र निरोगी हुनुपर्छ भने शरीर स्वस्थ र निरोगी रहन सदैव प्रसन्न चित्त रहन सक्नुपर्छ । दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्दा यसको अर्थ मान्छेले मान्छेको सम्मान गर्न सक्नु र जान्नुपर्छ भन्ने सन्देश दिनु हो । संसार बिग्रेको मान्छेले मान्छेप्रति गर्ने व्यवहार सन्तुलित हुन नसकेर नै हो । जहाँ मान्छेबाट मान्छेको सम्मान हुन सकेको हुन्छ त्यहाँ अहिलेको संसारमा विद्यमान आधाभन्दा बढी समस्या आफैँ समाधान हुन्छ ।

यो पनि पढ्नुहोस्    

तिहारै आयो लौ झिलिमिली

को थिए बलि राजा ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!