धर्म-सस्कृतिविज्ञान

काग तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

Gopal Bhandari
गोपाल भण्डारी

तिहार पर्वको पहिलो दिन कागको पूजा हुन्छ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । शास्त्रहरुका अनुसार कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । कागलाई यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ । कागले यमलोकमा गएर पृथ्वीबासीका विषयमा चित्रगुप्तलाई सूचित गर्छ । यमराज रहँदासम्म कागको विनाश सम्भव छैन भन्ने मान्यता छ । ज्योतिष शास्त्रका अनुसार कागलाई पूर्व सूचना दिने पंक्षीका साथै एक सन्देश वाहक पंक्षी पनि मानिएको छ । हिन्दू मान्यताका अनुसार कागलाई बिभिन्न तान्त्रीक तथा ज्योतिष प्रयोगमा ल्याइन्छ । काग करायो भनें केही सन्देश वा पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै पनि कायम छ ।

काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरूलाई खाईदिएर अन्न उत्पादनमा र माशंजन्य फोहेरहरु खाईदिएर सरसफाईमा सहयोग गर्दछ । चराहरू भनेका वातावरण सन्तुलनका प्रतीक हुन् । बालीनालीमा लाग्ने कीराहरू खाइदिएर चराहरूले कृषिप्रधान मुलुकका कृषकहरूलाई सहयोग पुर्याउने काम त यसैपनि गर्दै आएका छन् अप्रत्यक्ष रूपमा उनीहरूले मौसम सन्तुलनको दिशामा पनि त्यति नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । वर्षको एकदिन कागको पूजा गर्ने प्रसङ्गले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्छ भन्ने सन्देश दिन खोजेको बुझिन्छ ।

वैज्ञानिकहरु कागलाई अत्यन्तै चतुर पक्षीको रुपमा लिन्छन । अमेरिकी युनिभर्सिटी अफ वासिङ्गटनका शोधकर्ताहरुको भनाइमा कागले आफूलाई भय उत्पन्न गर्ने अनुहारलाई पाँच वर्षसम्म याद राख्न सक्छ । कागले आफूले सुरक्षित राखेको भोजनका बारेमा पनि याद राख्छ । विशेषज्ञहरुका अनुसार कागको दिमागले लगभग चिम्पाञ्जी र मानिसको जस्तै तरिकाले काम गर्छ । मानिसहरुको नजरमा भने काग अछूत प्राणी हो । कागले मान्छेको अनुहार हेरेर को मित्र र को शत्रु हो भनेर थाहा पाउन सक्छ भनिन्छ ।

यो पनि पढ्नुहोस्    

तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

तिहारै आयो लौ झिलिमिली

को थिए बलि राजा ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!