चिकित्सा विज्ञान

अनावश्यक बढि औषधि खानाले के हुन्छ ? यस्तो छ डा. राम बहादुर बोहराको सुझाव

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोगको उपचारको क्रममा औषधि खानुपर्छ तर कति खाने भन्ने जानकारीको अभावमा औषधिको डोज आवश्यक भन्दा बढी भएमा असर पुर्याउन सक्छ । तर डाक्टरको निगरानीमा गरेको औषधि र कति समय खाने भन्ने तोकेको मात्रा भन्दा वढी आफु खुसी खाएमा असर हुन सक्छ भनेको हो ।

औषधिले रोग निको पार्ने गर्छ तर जे कुराको पनि अत्यधिक प्रयोग गर्दा त्यसले अमृत समान चिजलाई पनि विष बनाउने काम गरिरहेको हुन्छ । वैज्ञानिकहरूले गरेको एक अध्ययनले दैनिक २,३ प्रकारको एण्टिवायोटिक औषधि लामो समय सेवन गर्नाले स्वास्थ्यमा खतरा हुने निष्कर्ष निकालेको छ ।

हुनत औषधि मात्रै होइन जुनसुकै बस्तु किन नहोस् बढी सेवन गर्दा त्यसले असर गर्न सक्छ । अनावश्यक औषधिको सेवनले बच्चा तथा युवाहरूलाई स्वास्थ्यमा विभिन्न प्रकारका समस्या निम्त्याउनुका साथै वृद्धहरूलाई झन् कमजोर बनाउने गर्छ ।

वैज्ञानिकहरूका अनुसार बढ्दो उमेरका साथै अत्यधिक औषधिको सेवनले दैनिक गर्ने कार्य क्षमतालाई एकदम प्रभावित पारिरहेको हुन्छ । धेरै उमेर भएका मानिसहरूले दैनिक धेरै औषधिको सेवनले स्वास्थ्यमा कस्तो असर गर्छ भनेर पत्ता लगाएको छ । उक्त अध्ययनमा ५० देखि ७० बीचका २०० मानिसहरूको सहभागिता रहेको थियो ।

दैनिक ५,६ प्रकारको औषधि लामो समय सेवन गर्दा शरीरमा कमजोरी निम्त्याउने गर्छ र कमजोरीको सम्बन्ध बढ्दो उमेर, सहनशक्तिमा कमजोरी र राम्रोसँग कुनै पनि काम गर्न नसक्नुलाई मानिन्छ । कमजोरी बारम्बार हुँदा रिंगटा लाग्ने, लडेर चोट पटक लाग्नुका साथै यसै बीच मृत्यु हुने सम्भावना समेत रहेको हुन्छ ।

उमेर बढ्दै गएपछि शरीरमा धेरै खाले स्वास्थ्य समस्या देखिन थाल्छ र त्यस्ता स्वास्थ्य समस्यासँग जुध्नु औषधि लिनुपर्छ तर अत्यधिक मात्रामा औषधिको सेवनले रोग निको गर्नुभन्दा पनि अन्य समस्या पैदा हुन सक्छ । कुनै पनि औषधि सेवन गर्नुपर्दा डाक्टरको परामर्श लिएर औषधि सेवन गर्नु राम्रो हुने छ ।

नोट : उपरोक्त कथन अनुसार औषधि सेवन गर्दा आफुखुसी नगरी डाक्टरको परामर्शमा सेवन गर्ने बानी बसालौं भन्ने हाम्रो राय छ ।

यो पनि पढनुहोस्

औषधि सेवन गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी

आयुर्वेदिक औषधि निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!