हेल्थ टिप्स

पुदिनाको उपयोगिता

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पुदिनाको अचार हामीले प्राय: खाने गरेका छौं । पुदिना हरेक घरमा लगाएको पाइन्छ । पुदिनाको उपयोग स्वास्थ्य क्षेत्रमा धेरै प्रयोग हुदै आएको छ । सहि तरिकाले पुदिनाको उपयोग गर्न सके यसबाट थुप्रै फाइदाहरु हामीले उठाउन सक्छौं । डाबर कम्पनीले पुदिनाको थुप्रै औषधि बनाएर नेपाली जनताबाट थुप्रै पैसा भारत भित्र्याउन सफल भएको देखिन्छ ।

आज पाठकलाई पुदिनाको फाइदा कसरी उठाउन सकिन्छ भन्ने कुरामा प्राकाश पार्ने जमर्को गर्दैछु । पुदिनालाई मिचेर मुर्छा परेको व्यक्तिलाई सुघाई दिनाले वेहोश हटाउने काम पुदिनाले गर्दछ । पेट फुल्ने, पेट दुख्ने, पेटमा हुने स-साना किरा मार्न समेत बहुउपयोगी छ । आउनुस अन्य के कस्ता फाइदा पुदिनाको सेवनले लिन सकिन्छ जानी राखौं ।

पुदीनाको अन्य प्रयोग

१. पेट दुख्ने भएमा र अरूची हुने भएमा पुदिनाको रसमा जीरा, हींग, कालो मरिच र कालो नुन थोरै राखेर पकाउने र मनतातो भएपछि सेलाएर पिउने ठिक हुन्छ ।

२. बच्चा जन्माउने बेला पुदिनाको रस पिउनाले चाँडो बच्चा जन्माउने हुन्छ ।

३. पुदिनाको पातलाई पानीमा उमालेर थोरै चिनी राखेर रात तातो पिउनाले हल्का ज्वरो निको हुन्छ ।

४. पुदिनाको पात पिसेर मह मिलाएर दिनमा ३ पटक चाट्नाले हल्का पखला निको हुन्छ ।

५. हैजामा पुदीनाको रस, प्याजको रस, नींबूवाको रस सवै बराबर मिलाएर दिनाले झाडा बान्ता रोक्दछ ।

६. सर्दीको कारणले भएको सामान्य ज्वरो यसको प्रयोगले निको हुन्छ ।

यो पनि पढनुहोस्

टिमुरको उपयोगिता

भिटामिन ई र यसको उपयोगिता

गाजा र यसको उपयोगिता

मटर केराउको उपयोगिता

घिउ कुमारी र यसको उपयोगिता

ब्रोकाउली र यसको उपयोगिता

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!