खानपान

टिमुरको उपयोगिता

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

टिमुरको अचार शायद कसले नखाएको होला जस्तो लाग्छ । टिमुरको वैज्ञानिक नाम जान्थोजाइलम अर्मेटम (Zanthoxylum Armatum DC) हो भने संस्कृत नाम तुम्वरू, तीक्ष्णफल नामले चिनिन्छ । आयुर्वेदिकमा टिमुर वायु शमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुःखेको निको गर्न र तागत दिने औषधिको रूपमा प्रयोग गर्न सकिन्छ ।

ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ । टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा फाइदा मिल्छ । खानामा टिमुरको मात्रा नियमित मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जाडो मौसममा बढी लाभदायक हुन्छ ।

हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा यसलाई औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ । आधुनिक औषधि विज्ञानले समेत टुथपेस्ट लगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ ।

Like & Follow us on Facebook

आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने, दाँत दुखेको निको गर्ने, तागत दिने, जरो निको गर्ने, अजिर्ण र हैजा इत्यादि रोगहरूमा प्रयोग गरिन्छ । यो माछाको विषमा पनि प्रयोग गरिन्छ । टिमुर पशुपन्छिलाई दिनु हुदैन भनेको छ दिएमा मर्छ ।

हाम्रो देशमा अनेकौं यस्ता औषधि छन् जसको सहि प्रयोग गराएर थुप्रै लाभ लिन सकिने छ । यस्ता कतिपय औषधिहरू लोपोन्मुख हुने अवस्थामा पुग्दै गएको देखिन थालेको छ ।

यो पनि पढनुहोस्

भिटामिन ई र यसको उपयोगिता

गाजा र यसको उपयोगिता

मटर केराउको उपयोगिता

घिउ कुमारी र यसको उपयोगिता

ब्रोकाउली र यसको उपयोगिता

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!