स्वास्थ्य

छाला सम्बन्धित रोगवाट बच्ने उपायहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज अधिकांश व्यक्तिहरु छाला सम्बन्धित रोगबाट पिडित भएको हामीले देखेका छौं । यस्ता रोगहरूमा एलर्जी हुने, दागधब्बा आउने, चाउरी पर्ने, अनुहार तथा कपाल सुख्खा हुने, उमेरभन्दा अगावै बूढो देखिने र छालाको सौन्दर्यपन हराएर जानेजस्ता समस्या बढ्दै गएका छन् । हामीले छालाका समस्यालाई गम्भीर रुपमा नलिने गरेकाले यस्तो समस्या निम्तेको सहज अनुमान लगाउन सकिन्छ ।

यो पनि पढ्नुहोस्  

नुहाएपछि हात खुट्टाको छाला किन चाउरी पर्ने कारणहरु

हटाउनुहोस् छालाको सुन्दरता बिगार्ने ४ बानीहरु

हाम्रो छालालाई सुर्यको किरणले कसरी बिगार्छ ?

मानिसको छालामा आउने कोठी के हो ?

किन चाउरिन्छ छाला?

गर्मी मौसममा मानिसको छाला बढी चिलाउने तथा एलर्जी हुनुका साथै छालामा कहिलेकाँही लक्षणबिनै पनि समस्या देखिन सक्ने हुँदा सचेत रहन आवश्यक देखिन्छ । युवा तथा वयस्कको तुलनामा बढी बालकालिकाहरु जोखिममा देखिने गरेको पाइएको छ । गर्मी मौसममा युवायुवतीको भन्दा बालबालिका र वृद्धवृद्धामा छालाको संक्रमण बढी देखिने गरेको पाइन्छ ।

मौसम परिवर्तनको समयमा शरीरमा रातो डाबर, बिबिरा, पानीका फोका आउने, चिलाउने, सुख्खा हुने लगायतका समस्यादेखिने हुन्छ,यस्तो समस्याबाट बच्न घाम र धुलोधुँवाबाट जोगिनुपर्छ । त्यसैगरी गर्मीमा शरीरमा पसिना आउने हुँदा फंगस इन्फेक्सन समस्या देखापर्छ । फंगस इन्फेक्सनका कारण चिलाउने र घाउ हुने समस्या आउने हुँदा सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ । कतिपयमा गर्मी मौसममा अनुहारमा डन्डिफोरको समस्या बढी देखिने गरेको पाइन्छ ।

छाला सम्बन्धित रोगबाट बच्न के गर्ने ?

छालामा कुनै पनि समस्या आएमा धुलोधुँवा भएको स्थानमा नजाने घरमै आरम गर्नपर्ने हुन्छ । गर्मीमा धूलो, धुँवा, प्रदूषण एवं चर्को घाम बढी हुने हुँदा त्यसले हाम्रो छालामा विभिन्न समस्या आउने हुन्छ, त्यसबाट बच्न घरबाहिर जानुभन्दा अघि राम्रोसँग अनुहारमा सनब्लक क्रिमको प्रयोग गर्ने, हातखुट्टामा राम्रोसँग लोसन वा मोसराईर्जरको प्रयोग गर्ने, मास्कको प्रयोग गर्ने, छाताको प्रयोग गर्ने र शरीर ढाक्ने गरी कपडा लगाउने गरेमा धेरै हदसम्म छाला सुरक्षित राख्न सकिन्छ ।

Like & Follow us on Facebook

मौसमी फलफूल तथा सागसब्जी जस्तै सुन्तला, खरबुजा, सलाद एवं हरियो सागपात प्रशस्त सेवन गर्नुपर्ने हुन्छ । बजारमा पाइने महँगा क्रिम लगाएर मात्र छालाको सुरक्षा नहुने त्यसका लागि सन्तुलित खाना, पर्याप्त पानी पिउने पर्ने तथा निद्रा र नियमित व्यायाम आवश्यक हुने चिकित्सकहरूको परामर्श छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!