आयुर्वेद

औषधीको रुपमा निमको बोक्रा र पातको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

औषधीको रुपमा निमको बोक्रा र पातको प्रयोग । यसअघि नै निमको उपयोगबारे प्रकाश पारी सकेको छु । आजक लेखमा निमको बोक्रा र पातबाट कसरी औषधि बनाएर प्रयोग गर्ने भन्नेबारे प्रकाश पार्नेछु । निमको थुप्रै औषधिहरू बजारमा आयकाछन् यस्ता औषधिहरू किनेर पनि सेवन गर्न सकिन्छ ।

नीम, हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हो । यदि शरीरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा र पातलाई २ गिलास पानीमा पकाउनुहोस्, आधा गिलास भएपछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ ।

निमको बारेमा यदि लेख्न थाल्ने हो भने ठूलो ग्रन्थ तयार हुन सक्छ । प्रकृतिको अनुपम उपहार हामीले निमको रूपमा पाएका छौं । निमको उपयोग गर्दा कतिपय अवस्थामा सावधानी अपनाउनुपर्ने हुन सक्छ । निमको प्रयोग जथाभावी गर्नाले हानी पनि गर्न सक्छ । योग्य वैद्यको रेखदेखमा निमको सेवन गर्नु गराउनु उपयुक्त हुनेछ ।

निमको उपयोग गर्ने तरिका

१. मलेरियाको प्रभावकारी उपचारमा पनि निमको उपयोग गरिन्छ । निमको बोक्राको काढा बनाएर सेवन गराउन सकिन्छ ।

२. घरमा झिंगा, उडुस, उपिँया, घुन जस्ता किराले सताएको छ भने त्यसलाई भगाउनका लागि यो निकै प्रभावकारी उपाय हो । निमको तेल या निमको बोक्रा प्रयोग गर्न सकिन्छ ।

३. निमको फलबाट निकालिएको तेलमा एन्टिफंगल तथा एन्टिसेप्टिक गुणका कारण यसको उपयोग छाला सम्बन्धी विभिन्न समस्या दूर गर्नका लागि गरिन्छ । निमको तेल साबुन, लोशन, फेस वाश आदिमा पनि मिसाइएको हुन्छ ।

४. निमको पात हालेर पकाइएको पानीले स्नान गरेर छालाका रोगीले लाभ प्राप्त गर्न सक्छन् ।

५. निमको सुकेको पातको धुप जलाउँदा लामखुट्टे तथा अन्य जीव टाढा भाग्छन् भने निद्रा पनि राम्रो लाग्छ ।

६. यसमा पाइने एन्टि अक्शिडन्टले हाम्रो शरीरमा पाइने अनावश्यक रयाडिकलको संख्यामा कमी ल्याउछ र क्यान्सर हुनुबाट बचाउंछ ।

७. निमको सेवन लामो समय गर्नुहुदैन नपुंसक बनाउन सक्छ ।

८. निमको पात बोक्राको रसमा फिडकरी र बेसार मिलाएर लगाउनाले थुप्रै छालाको रोग निको हुन्छ ।

९. निमको बोक्राको रसमा फिडकरी र दहि मिलाएर लगाउनाले दाद निको हुन्छ ।

१०. निमको दतिवन गर्नाले दन्तरोग बाट बचाउनुको साथै दाँत बलियो हुन्छ । मुख रोगमा निमको उपयोग धेरै महत्वपुर्ण छ ।

नोट : स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या समाधानका लागि निमको उपयोग गर्दै हुनुहुन्छ भने एक पटक आयुर्वेदिक चिकित्सकसँग परामर्श अवश्य लिनुहोला । औषधि पनि प्रयोग गर्न जानेन भने विष समान हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

औषधिको रुपमा बेलपत्रको प्रयोग

स्वास्थ्यको लागि हरियो धनियाका फाइदाहरु

मानव स्वास्थ्यको लागि प्याज खानुका फाइदाहरु

स्वास्थ्यको लागि एभोकाडो खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!