धर्म-सस्कृति

मखमली फूल र भाई तिहारको सांस्कृतिक महत्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मखमली फूलको आफ्नै फरक महत्व बोकेको हुन्छ । हरेक फूलमा सांस्कृतिक महत्व बोकेको देखिन्छ । जसरी नेपालबाट हिन्दू धर्म संस्कृतिलाई किनारा लगाउने प्रयास गरिएको छ त्यसरी नै यो फूलको महत्व बढ्दै गएको देखिन थालेको छ ।

मखमली फूल नेपालीहरुको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । त्यसैले यस फुलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् ।

संस्कृतमा रक्त मल्लिका भनिने यो फुल देख्नमा पनि सुन्दर भएकोले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहारमा पनि परेको थियो । त्यस समयमा यो नेपालमा प्रसिद्द रहेको र भार मा अप्राप्य रहेको प्रतित हुन्छ ।

सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्ने मखमली तिहारको भाइटिकामा विशेष प्रयोगमा आउँछ । छुँदा घोच्ने यो फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याँउदा फूलको रंग मखमलको कपडा जस्तो देखिनु नै भएको अनुमान गर्न सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

भाइटीका र यसको महत्व

तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!