अन्तर्राष्ट्रिय समाचार

सन् २०१६ को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन गायक तथा गीतकार बब डिलनलाई

असोज २७ । सन् २०१६ को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन गायक तथा गीतकार बब डिलनलाई दिईने घोषणा गरेको छ । नोबेल समितिले बिहिबार ‘अमेरिकी गीतको महान् परम्परामा काव्यिक अविव्यक्ति सिर्जना गरी अमेरिकी संगीतलाई नयाँ आयाम दिएको भन्दै नोबेल पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो ।

उनले ‘मिस्टर टेम्बोरेन म्यान’ देखि ‘लाइक ए रोलिङ स्टोन’, ‘ब्लोइङ इन द विन्ड’ र ‘द टाइम्स दे आर चेन्जिङ’ सम्मका गीत उनैले लेखेका हुन् । ६० को दशकमा गितार र माउथआर्गनको साथमा संगीत दुनियाँमा आएका बब डिलनलाई लोकगीतको रकस्टार पनि भनेर चिनिन्छ । उनी अमेरिकामा मात्र नभई विश्वभरको संगीत प्रेमीका लागि प्रिय रहेका छन।

सम्भवतः कुनै गीतकारलाई उसकै गीतकै लागि नोबेल पुरस्कार दिइएको यो पहिलोपटक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसअघि गीतका लागि कविलाई नोबेल पुरस्कार दिइएको थियो । तर, डिलन भने गीतको पुरै दुनियाँ लागि धेरै लोकप्रिय छन् ।

अमेरिकाको मिनेन्सोटाका बासिन्दा डिलेन सन् १९४१ मा जन्मिएका हुन्। सन् १९५९ मा आफ्नो सांगितिक करियर सुरु गरेका उनी अहिलेसम्म पनि उत्तिकै क्रियाशील छन्। उनका अधिकांश गीतहरूमा अमेरिकाको समस्याको इतिहास पाइन्छ। डिलनलाई मानवअधिकारवादी र युद्धविरोधी सर्जक तथा कलाकारका रुपमा चिन्ने गरिन्छ। उनका विभिन्न किसिमका एक सय एल्बम बजारमा आएका छन्। (एजेन्सी)

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!