अर्थ-वाणिज्य

माछापुच्छ्रे र काष्ठमण्डपले हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट पाए स्वीकृति, ५० र २५ प्रतिशत आउने

नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंक र काष्ठमण्डप डिभलपमेन्ट बैंकलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको छ । माछापुच्छ्रेले ५० प्रतिशत तथा काष्ठमण्डपले २५ प्रतिशत हकप्रद निष्कासन लागि बोर्डमा आवेदन दिएका थिए । माछापुच्छ्रे आफै आठ अर्ब पुर्याउने योजनामा रहेको छ भने काष्ठमण्डपलाई कुमारी बैंकले खरिद गर्देछ ।

जनता बैंक सँगको मर्जर प्रक्रिया तोडिएपछि नयाँ पूँजी योजना सार्वजनिक गरेको माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद निष्काशनको प्रक्रिया अगाडि बढाएको हो । बैंकले एक अर्ब ९३ करोड रुपैयाँ बराबरको अर्थात हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्नेछ । बैंकले एक करोड ९३ लाख कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद निष्काशन गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।जनता बैंक सँगको मर्जर तोडिएपछि बैंकले आगामी दुई वर्ष्िभत्रमा बोनस र हकप्रद सेयर जारी गरेर आफै चुक्ता पुँजी ८ अर्ब पुर्याउने योजना सार्वजनिक गरेको छ ।

यता कुमारी बैंकले खरिद गर्न लागको काष्ठमाण्डप डेभलपेमन्ट बैंकले पनि ४ बरावर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न बोर्डबाट अनुमति पाएको छ । बैंकले एक्विजिशन सम्झौता गर्नु अगाडि नै हकप्रदको आवेदन गरेको थियो ।

हाल काष्ठमाण्डपको चुक्ता पूँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ । काष्ठमाण्डपले किन्न लागेका ५ करोड ९१ लाख रुपैया चुक्ता पुँजी रहेको काँक्रेविहार विकास बैंक, १२ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी महाकाली विकास बैंक र ३० करोड रुपैयाँ चुक्ता पूँजी भएको पश्मिाञ्चल फाइनान्स लाई पनि कुमारी बैंकले नै एकसाथ किन्ने सम्झौता गरेको छ ।

साभार : मेरो लगानी डट कम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!