मुख्य समाचारसमाचार

नेपाली भू-उपग्रह पुग्यो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा

७ वैशाख, काठमाडौं । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भू-उपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सुरक्षित रूपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को सहकार्यमा निर्मित भू-उपग्रह नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २:३१ बजे अमेरिकाको भर्जिनिया राज्यको वाल्लोस्प टापुस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको थियो ।

यो पनि पढ्नुहोस् 

नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपणका तस्वीरहरु

नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपण गर्नुअघिका तस्वीरहरु

नेपालको भू-उपग्रह बोकेको रकेटको प्रक्षेपण (भिडियो सहित)

नेपालले प्रक्षेपण गरेको भू-उपग्रहको प्रयोजन

यस्तो छ नेपालले आज प्रक्षेपण गर्ने भू-उपग्रह

प्रक्षेपण गरिएको भू-उपग्रहवाट नेपालले लिने फाइदाहरु

नेपाल अन्तरिक्ष युगमा प्रवेश, प्रक्षेपण गरियो नेपालको भू-उपग्रह

नेपालको भू-उपग्रह बोकेको रकेटमा किन मूसा पठाइयो ?

अब अन्तरिक्ष कक्षमा भू-उपग्रहका पाटपुर्जाले काम गरे नगरेको अन्तरिक्षयात्रीले परीक्षण गर्नेछन् । सफल परीक्षण भए करिब डेढ महिनाभित्र पृथ्वीको कक्षमा छाड्ने योजना रहेको छ । उक्त भू-उपग्रहले ९० मिनेटमा १ पटक पृथ्वीको परिक्रमा गर्नेछ ।

नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको थियो । बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपाल,जापान र श्रीलङ्का गरी तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो । नेपाली भूउपग्रहको नाम ‘नेपाली क्युबसेट स्याट-१’, श्रीलङ्काको ‘रावण-१’ र जापानको ‘यू-बिसु’ राखिएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा डक भई सकेपछि तीन देशका भू-उपग्रह तपाईले तस्वीरमा पनि छुट्टाछुटै देख्न सक्नुहुन्छ ।


नेपाली भू-उपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सुरक्षित रूपमा डक भई सकेपछिको तस्वीर

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!