सूचना प्रविधि

यस्तो छ नेपालले आज प्रक्षेपण गर्ने भू-उपग्रह

४ वैशाख, काठमाडौं । मानिस अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालले आज राती आफ्नै स्याटालाइट ‘भू–उपग्रह’ पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण गर्दैछ । ‘बर्डस’कार्यक्रम अन्तर्गत जापानस्थित क्यूसु इन्स्टि्च्यूट अफ टेक्नोलोजी (क्यूटेक) सँगको सहकार्यमा भू-उपग्रह प्रक्षेपण गर्न लागिएको हो । यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ । यो स्याटालाइट निर्माणका लागि सरकारले नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नाष्टलाई १ करोड ८२ लाख रुपैया दिएको थियो ।

यो पनि पढ्नुहोस् 

नेपालको पहिलो भू-उपग्रह प्रक्षेपण आज राति

यस्तो छ नेपालले प्रक्षेपण गर्ने भू-उपग्रह तालिका

नेपालको पहिलो भू-उपग्रह वैशाख ४ गते प्रक्षेपण गरिँदै

नेपालको पहिलो भू-उपग्रह वैशाख ४ गते प्रक्षेपण गरिँदै

स्पेश स्टेशनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ । त्यसको दुईदेखि ३ तीन दिनपछि तथ्यांकहरु दिन सुरु गर्ने नास्टले जनाएको छ । स्याटालाइट पृथ्वीको भूमध्यरेखालाई ९० डिग्रीको कोण बनाएर परिक्रमा गर्नेछ भने भएर पृथ्वीको सतहभन्दा करिब ४ सय किलोमिटर माथि हुनेछ । एक दिनमा यो स्याटेलाइट नेपालमा १० मिनेटसम्म रहनेछ। स्याटालाइटमा ४३७ मेघाहर्ज यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ । ‘ग्राउण्ड स्टेशन’मा भू–उपग्रहले पठाएको तथ्यांकहरुको विश्लेषण र संकलन गरिनेछ ।

१० क्युबिक सेन्टिमिटर घनाकार (क्यूबोइड) आकारको उक्त स्टालाइट ‘नानो स्याटालाइट’ हो । सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ । यो १ किलो ३०० ग्राम तौलको छ । प्रक्षेपणका लागि अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल-ए टिकेलाई यो स्याटेलाइट हस्तान्तरण भइसकेको छ ।

यो स्याटेलाइट जेठको पहिलो वा दोस्रो साता अन्तरिक्षमा रिलिज हुनेछ । त्यसपछि यसले अन्तरिक्षबाट तस्वीर सहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्छ । ‘यो स्याटेलाइट अन्तरिक्षमा पुगेपछि नाष्टले पनि अध्ययन अनुसन्धान थाल्नेछ जसले ‘स्पेश इन्जिनियरिङको अध्ययन गर्ने विद्यार्थीलाई पनि यसले निकै सहयोग पुग्नेछ ।

यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नाष्टको भनाइ छ । नेपाली स्याटेलाइट-वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउनेछ । केही दिनमै नेपाली स्याटेलाइट-१ लाई नेपालकै पहिलो स्याटेलाइटका रुपमा दर्ता गरिँदैछ । भविष्यमा नेपालले ठूला क्षमताका आफ्नै भूउपग्रह पठाउने गरी बनाएका योजनामा पनि यसले सहयोग पुग्नेछ । यो भूउपग्रको प्रक्षेपणपछि नेपाली इन्जिनियरहरुको क्षमता पनि विकास हुने र त्यसले राष्ट्रलाई नै लाभ दिने नाष्टको भनाइ छ ।

Like & Follow us on Facebook

स्याटालाइटले तापक्रम, आद्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक दिनेछ । यसले बादलको बहाव हेरेर मौसमको जानकारी समेत दिनेछ । यो स्याटालाइटको मुख्य काम भनेको ‘इमेजरी डाटा’ संकलन गर्नु रहेको छ । यसलाई ‘टाउन प्लानिङ’ मा पनि प्रयोग गर्न सकिनेछ । यो स्याटालाइटले हिमनदीको अवस्था, हिमतालको विष्फोटन, हिमपहिरो, हिमाली तथा पहाडी क्षेत्रको जानकारी, भौगोलिक अवस्थाको जानकारीका साथै आगलागी भएको स्थानाहरु समेत पत्ता लगाउन सक्नेछ । भू-उपग्रह प्रक्षेपणको अनुभवबाट मुलुकमा भू–उपग्रह सम्बन्धि कानून निर्माणमा सघाउ पुग्ने समेत बताइएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!