राष्ट्रिय समाचार

पुल भाँचिदा हजारौं यात्रुको विचल्ली

साउन २९, नवलपरासी । नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार डा. राम बहादुर बोहराका अनुसार मध्येविन्दु नगरपालिका अरूङ खोलाको पुल भाचिदा हजारौं यात्रुको विचली हुने अवस्था देखिन थालेको छ । डायभरसन हुदैछ । केहि समयमा जाम खुल्ने आशा गरिएको छ ।

यदि चाँडो जाम नखुलेमा पब्लिकको विचलित हुने देखिन्छ । आशा गरौं चाँडो बाटो खुलोस र यात्रुहरु आफ्नो गन्तव्यसम्म पुग्न सफल रहन भन्ने हामीले आशा गरेका छौं । बुटवलदेखि नारायणघाट सम्मका केहि पुलहरू मर्मत नहुँदा जनाताले अझ सास्ती बेहर्नुपर्ने देखिन्छ ।

पंचायतका पालामा बनेका सवै पुलहरू मर्मत गर्नुपर्ने देखिन्छ । समयमा मर्मत गर्न नसके कुनै पनि वेला दु:खको सामना गर्नुपर्ने भएको छ । यस्ता पुलहरूको मर्मत हुन नसके धनजनको पनि क्षति हुन सक्ने अनुमान गरिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!