खानपान

के हामीले दाँतले आफ्नै चिहान खनिरहेका छैनौ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एउटा उखान छ– ‘हामी दाँतले आफ्नै चिहान खनिरहेका हुन्छौं ।’ यसको सार हामीले खाने खानाले स्वास्थ्यमा गर्ने असर र प्रभाव नै हो । तसर्थ खाना खाँदा जिब्रोको स्वादका लागि होइन, शरीरको स्वास्थ्यका लागि हेक्का राख्नुपर्छ । खानामा बटर चिज, भेजिटेबल ओयल र चिनीको मात्रा धेरै भएका खाना नियन्त्रण गर्नुपर्छ ।

शरीरमा दैनिक रुपमा भइरहने विभिन्न रासायनिक प्रतिक्रियाले अक्सिजन फ्रि र्र्याडिकल पैदा गर्छन् जुन शरीरका लागि अत्यन्तै हानिकारक हुन्छन् । यस्ता र्र्याडिकलले विभिन्न दीर्घरोग नित्म्याउँछन् । तसर्थ बाह्य तत्व वा खानाबाट प्राप्त हुने एन्टिअक्सिडेन्ट जस्तै भिटामिन–ए र बिटा–क्यारोटिन, भिटामिन–ई र भिटामिन–सीको पनि नियमित सेवन गर्नुपर्छ ।

ब्रोकाउली, बन्दा, गेडागुडी, हरियो केराउ, सोया, तोफु, जामुन, बेरिज, कन्दमूल, बदाम, जैतुनको तेलजस्ता भिटामिन पाइने सामग्री हुन् । यस्ता खानाको नियमित सेवनसँगै केही स्वास्थ्यसँग सम्बन्धित व्यवहार पनि सुधार्न अत्यन्त जरुरी छ ।

नियमित ध्यान गर्ने, प्रसन्नचित्त रहने, हतारमा नबाँच्ने, आफूलाई सक्रिय बनाउने वा सिर्जनामा व्यस्त रहने, दैनिक हल्का व्यायाम गर्ने, धूमपान नगर्ने, मद्यपान सकिन्छ भने केवल एक वा दुई ड्रिङ्कमा सीमित रहने (पहिले खाने बानी छैन भने सुरु नगर्ने), पानी प्रशस्त पिउने गर्नाले स्वस्थ रहन सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

दाँत किन झन्झनाउँछ ?

दाँत कसरी माझ्ने ?

दाँत र शारीरिक स्वास्थ्यको सम्बन्ध

दाँत कसरी सुरक्षित गर्ने ?

दाँत किराले कसरी खान्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!