विज्ञान जिज्ञासा

हीरा किन चम्कन्छ ?

हीरा (Diamond) एक किसिमको ढुङ्गा हो । हीरा संसार कै सबैभन्दा महँगो र कडा वस्तु हो । यो प्राकृतिक रूपमै राम्रो हुन्छ । मानिसको थप मिहिनेतले यसलाई अझ आकर्षक बनाएको हुन्छ । सबैभन्दा पहिले त यो कसरी बनेको हुन्छ भन्ने बुझ्न नै जरूरी छ । कार्बनको बढी मात्रा रहेको कोइलामाथि जब बढी चाप र ताप पर्छ, कार्बन बिस्तारै हीरामा परिणत हुन्छ । प्राकृतिक रूपमा पाइने हीरा बन्नका लागि चाप र ताप वर्षौसम्म पर्नु जरूरी छ । तर हीरा कृत्रिम रूपमा पनि बनाइन्छ । यसका लागि कार्बनमा चाप र ताप एकै चोटि अत्यधिक मात्रामा दिनुपर्छ ।

प्राकृतिक हीरा जब जमिनबाट हीरा निकालिन्छ, यो हेर्नलायक हुँदैन । यो एउटा ढुङ्गा जस्तो फोहोरी देखिन्छ । यसलाई काटिन्छ र मणिभ आकार दिइन्छ । यही मणिभाकार दिने कामले हीरा चम्कन्छ । यसबाट छिर्ने प्रकाश मिरामिड आकारको सिसामा जस्तै छरिएर राम्रो देखिन्छ र हीरा चम्केको देखिन्छ । अझ धेरै हीरा राखिएको ठाउँमा त धेरै चमक देखिन्छ । प्राकृतिक रूपमा हीराहरू चम्किला हुँदैनन् । विभिन्न आकार-प्रकार दिएर काटेपछि त्यसमा चमक देखिन थाल्छ । साधारणतया चम्किला हीरा ६० पटकभन्दा बढी काटिएका हुन्छन्, जसले गर्दा हीरामा उच्चतम परावर्तन र आवर्तन शक्ति आउँछप । जब प्रकाश हीरामा पर्छ तब त्यो प्रकाश परावर्तन भई हीरा चम्किन थाल्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!