विज्ञान जिज्ञासा

दही जमाउन कस्तो ठाउँ चाहिन्छ ?

दूध गुलियो हुन्छ । गुलियो हुनुको प्रमुख कारण Lactose को उपस्थिति हो । यही Lactose लाई Lactic Acid बनाउन विभिन्न कीटाणुले काम गर्छन् । Lactic Acid नै दहीको मुल तत्व हो । यसैले दही जमाउँदा काम आउने ती ब्याक्टेरियाकै एक जातका कीटाणुलाई बचाउन र काम गर्ने वातावरण सिर्जना गर्न जाडो याममा तातो र गर्मी याममा चिसोमा राखिन्छ । वातावरण उपयुक्त नभए वा तापक्रम फरक परे उल्लिखित कीटाणुले कुनै काम गर्न सक्दैनन् र चाहे जस्तो दही बन्दैन । दूधको तुलनामा जमेको दही ५ देखि १० प्रतिशत बाक्लो हुन्छ ।

दही बास्नादार होस् र बढी अम्ल उत्पादन भई ज्यादा अमिलो नहोस् भनी अम्ल बनाउने कीटाणुलाई निष्क्रिय बनाउन Refrigeration गरिन्छ । Refrigeration गर्नुको अर्को मुख्य कारण दहीको केही गुणमा केही परिवर्तन ल्याउनु हो, दही जमाउन होइन । त्यसैले Refrigerator मा दही जमाएको होइन, चिस्याएको हो । Refrigerator मा राखे-नराखेको दहीमा भिन्नता भनेको चिसो र तातो मात्रै हो ।

यो पनि पढनुहोस्

आर्युवेदका अनुसार राती दही खान नहुने कारणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!