खानपान

आर्युवेदका अनुसार राती दही खान नहुने कारणहरु

आर्युवेदका अनुसार राती दही खान नहुने कारणहरु ! हाम्रो नेपाली समाजमा एउटा मान्यता छ, कुनै कामको सुरुवात गर्नुअघि दही खानाले उक्त काममा सफलता मिल्दछ । दहीलाई सगुनको रुपमा लिने गरिन्छ । नेपालमा मात्र नभएर दहीलाई संसारभर नै स्वास्थ्यवद्धक भोजनको रुपमा प्रयोग गरिन्छ । विशेषतः पाचन सम्बन्धी समस्याका लागि दही निकै राम्रो मानिन्छ ।

गर्मीको बेला दही खान कसलाई खान मन नपर्ला र ? शरीरमा गर्मी गढ्न नदिन दहीको प्रयोग यो मौसममा उचित पनि हो । गर्मीमा दही खाँदा शरीरको तापमान सन्तुलित राख्न सहयोग पुग्छ । तर, दही खाने पनि आफ्नै नियमहरु छन्, यसको अनुचित प्रयोगले स्वास्थ्यमा फाइदा भन्दा बढी हानी गर्न सक्छ ।

हामीले खाएको दहीलाई सुर्यको तापमानले सन्तुलित बनाउने काम गरिरहेको हुन्छ र बिहान दिउँसो हाम्रो शरीर बढी नै सक्रिय हुने हुदाँ यसले शरीरको चिसोपनालाई नियन्त्रण गर्ने भएकोले बिहान अथवा दिउसो मात्र दही खानु राम्रो मानिन्छ । बेलुकीको सयमा दही पिउनै परे केही कालो मरिचको धुलो मिसाए पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

आर्युवेदका अनुसार राती दही खान नहुने कारणहरु

१. शरीरको तापक्रम र रक्तचापको असन्तुलन

रातीको समयमा दही खानु उचित मानिँदैन । रातको समयमा दही खादा शरीरमा तापक्रम र रक्तचापलाई असन्तुलित गर्छ । त्यसैले दही रातको समयमा सेवन नगर्नु नै राम्रो मानिन्छ ।

२. रुघा खोकी र झाडापखाला

राती दही खाँदा तपाईंलाई रुघा खोकी लाग्ने सम्भावना पनि निकै बढ्छ । यसले झाडापखाला हुने खतरालाई पनि बढाउँछ ।

३. पाचन प्रणाली असन्तुलन

राती दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ । यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ । धेरै मानिसहरु राति खाएपछि सुतिहाल्छन् । यसले झन् समस्या हुन्छ ।

४. संक्रमणको डर

राती दही सेवन गर्दा शरीरमा संक्रमणको डर बढछ । यसका साथै कतिपय अवस्थामा दही हानिकारक हुनसक्छ ।

५. सुन्निएको रोगमा वृद्धि

शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन । यसले सुन्निएको झन् बढ्छ ।

६. दुखाईको रोगमा वृद्धि

घुँडा वा जोर्नीको दुखाईबाट पिडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन । अन्यथा यसले दुखाईलाई झनै बढाउनेछ ।

७. फलफूल दही खानु बिष

हामी दहीमा थरीथरीका फलफूल दहीमा मिसाउँदा खान्छौ तर त्यो विषाक्त बन्न सक्छ ।

८. सर्दी र खकार

रातमा दही सेवनले शरीरमा सर्दी गराउन सक्छ । रातमा तापक्रम चिसो हुदै जाने र यो आफैमा चिसो खाद्यपदार्थ भएकोले राती दही खाएर सुत्दा यसले खकारको मात्रा बढाउछ । बढेको खकारको पहिलो प्रभाव छातीमा पर्छ । छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास र मानसिक अस्थिरताले पूर्ण रुपमा अस्वस्थ्य भइन्छ ।

यो पनि पढनुहोस्

दही जमाउन कस्तो ठाउँ चाहिन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!