खानपान

काँचो केरा खानुका फाइदाहरु

हामी पाकेको केरा खाएपनि काँचो केरा भने त्यति खान रुचाउँदैनौ। हामीलाई काँचो केराको फाइदाका बारेमा जानकारी नभएकाले काँचो केरा खान मन गर्दैनौँ । काँचो केराको प्रयोग हामीले तरकारीका लागि भने अलिअलि प्रयोग गर्दै आएका छौँ । काँचो केरामा प्रोटासियमको मात्रा हुने भएकाले यसले शरिरलाई मजबुत बनाउने काम गर्दछन् । काँचो केरा खानुका फाइदाहरु प्रकार छन् ।

१. मधुमेह नियन्त्रण

मधुमेहका रोगीले काँचो केरा खान शुरु गर्नुहोस् । यो रोग नियन्त्रण गर्ने अचुक औषधि हो ।

२. पाचन क्रिया सुधार

काँचो केराको नियमित सेवन गर्नाले पाचन क्रियामा सुधार आउँछ ।

३. क्यान्सर, हड्डी

काँचो केरा धेरै प्रकारका क्यान्सरबाट बचाउँनमा पनि सहायक भूमिका खेल्छ । त्यस्तै, काँचो केरामा पाइने क्याल्सियमले बलियो हड्डी बनाउँनमा पनि सहायक भूमिका खेल्छ ।

४. तौल घटाउँन

तौल घटाउँन मन लागेकालाई दैनिक एक काचो केरा खाने सल्लाह दिइन्छ । यसरमा भरपूर मात्रामा पाइने फाइबरले अनावश्यक फ्याट सेल्स र फोहोरलाई सफा गर्न मद्दत गर्छ ।

५. कब्जियत हटाउन

काँचो केरामा फाइबर र हेल्ची स्टार्च नामक तत्व हुन्छन्, जसले आन्द्रामा कुनै पनि प्रकारका अशद्धि उत्पन्न हुन दिँदैन । तपाईलाई कब्ज्यितको समस्या छ भने काँचो केरा फाइदाजन साबित हुन्छ ।

६. भोक नियन्त्रण

काँचो केरामा पाइने फाइबर र अन्य केही पोषक तत्वले भोक नियन्त्रण गर्ने काम गर्छ । काँचो केरा खानाले समयमा भोक नलाग्ने हुन्छ ।

७. रोग प्रतिरोधात्मक क्षमता वृद्धि

पोटासियमको मुख्य काम हो, शरीर स्फूर्त राख्नु र रोग प्रतिरोधात्मक क्षमता बढाउनु । काँचो केरा पोटासियमको भण्डार हो । काँचो केरामा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ, जसले कोशिकाहरुलाई पोषण प्रदान गर्छ । काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ ।

यो पनि पढनुहोस्

तिते करेला खानुका फाइदाहरु

चना र यसका फाइदाहरू

स्याउ र यसको फाइदाहरु

सुन्तला खानुका फाइदाहरु 

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

नट्सहरु खानुका फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!