हेल्थ टिप्स

औषधीको रुपमा कपुरको प्रयोग

हिन्दुधर्म अनुसार पूजामा यदि कपूरलाई समावेश गरिएन भने पूजा अधुरो हुने मानिन्छ । प्रायः हामी कपुर पूजापाठको लागि प्रयोग गर्ने गर्छौ । तर कपुर पूजा पाठ मात्र नभइ मानव स्वास्थयको लागि पनि निक्कै फाइदाजनक मानिन्छ। कपूरले हाम्रो जीवनमा कैयौ तरिकाले लाभ प्रदान गर्ने गर्दछ ।

वास्तुशास्‍त्र अनुसार कपूरको प्रयोगले घरको नकारात्मक ऊर्जा हटेर जान्छ र साथै स्वास्थ्यको लागि पनि लाभकारी औषधि मानिन्छ । वास्तु-शास्‍त्रअनुसार लाखौ कोशिश गर्दा पनि काम बनिरहेको छैन, राम्रो समय आएको छैन, धनको कमि लगातार भईरहन्छ भने चाँदीको भाडोमा नियमित रुपमा ल्वाङ र कपुरलाई बाल्ने गर्नुहोस् ।

औषधीको रुपमा कपुरको प्रयोग

१. दम रोगमा

एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठकि हुन्छ ।

२. पुरानो खोकीमा

सूठो, पिप्ला र मरिच एक\एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक\एक गोली दिनमा खिनमा तीन\चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।

३. खोकी लागेमा

साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।

४. ढाड दुखेमा

दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ ।

५. आउँ बाथ भएमा

दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।

६. पुरानो बाथमा

एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।

७. निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमा

फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई\दुई गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।

८. दाँत कीराले खाएमा

दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।

९. हैजा लागेमा

हैजाले हातखुट्टा चिसो भएमा शुद्ध रक्सीमा कपुर मिलाएर एक\एक चम्चा पानीमा हाली खान दिएमा हात गोडा तातेर आउँछ र हैजा ठीक हुँदै जान्छ ।

१०. शीतपित्त भएमा

नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ अथवा नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।

११. जाडोले कामज्वरो आएमा

एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

१२. दाद आएमा

पाँच भाग कपुर एक भाग गन्धक, मट्टितेलमा मिसाएर मलहम बनाउने र नियमित लगाउने गरे दाद आएका ठिक हुन्छ ।

यो पनि पढनुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधीको रुपमा हिङको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!