खानपानहेल्थ टिप्स

दही र मोहीका फाइदाहरु

डा. अरुणा उप्रेती
डा. अरुणा उप्रेती

दही र मोहीका फाइदाहरु । मोहीले शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्छ । आयुर्वेदको एउटा ग्रन्थमा लेखिएको छ, ‘नियमित मोही सेवन गर्ने व्यक्ति रोगी हुँदैन ।’ स्वादको हिसाबले मात्र नभई दही र मोही स्वस्थ रहन र विभिन्न किसिमका शारीरिक समस्या समाधान गर्न पनि त्यति नै उपयोगी मानिन्छन् । दूधबाट दही बन्दा विषेश प्रकारको किटाणु पैदा हुन्छ । यसले हाम्रो स्वास्थ्यका लागि सकारात्मक काम गर्छ । बच्चाबच्ची, गर्भवती महिला र वृद्धवृद्धाको हाडका लागि नभइ नहुने क्याल्सियम दहीमा पाइन्छ ।

हाडका लागि क्याल्सियमको निकै ठूलो महत्व छ । विशेषगरी उमेर बढदै जाँदा हाडको घनत्व कम हुदै जान्छ र अस्टियोपोरोसिस नामक रोग लाग्ने सम्भावना हुन्छ । महिलाको महिनावारी बन्द भएको बेला यो समस्या निकै देखिन्छ । क्यालसियमका लागि दही निकै राम्रो स्रोत हो । दूध खान मन नलाग्ने, दूध नपच्ने वयस्क वा बच्चाहरुकालागि दही एउटा उत्तम बिकल्प हो । कतिपय व्यक्तिलाई एन्टिबायोटिकको प्रयोग गर्दा पखाला लाग्ने गर्छ । यसबाट बच्न दहीको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । दही पखाला रोक्नका साथै कब्जियत खुलाउन पनि उपयोगी हुन्छ ।

यो पनि पढ्नुहोस्  

आर्युवेदका अनुसार राती दही खान नहुने कारणहरु

दही जमाउन कस्तो ठाउँ चाहिन्छ ?

कोदो र यसका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु

अनुसन्धानहरुले के पनि देखाएका छन् भने दहीमा रहेका लाभदायक किटाणुले क्यान्सर उत्पन्न गर्ने किटाणुको सक्रियता घटाउँछन् । यसले आन्द्रामा हुने क्यान्सर कम गर्न मद्दत गर्छ । मध्य एसियाली देशहरु काजाकस्तान, उज्वेकिस्तान तथा युरोपेली देश बुल्गेरियाका बासिन्दाहरु दैनिक भोजनमा दही बढी नै प्रयोग गर्ने भएकाले स्वस्थ हुन्छन् भन्ने अध्ययनले देखाएको छ । सन् २००० को डिसेम्बरमा बंगलादेशको राजधानी ढाकामा सम्पन्न स्वास्थ्यसम्बन्धी एउटा सम्मेलनमा विश्व प्रसिद्ध किताब डाक्टर नभएमा लेखक डा। डेभिड बर्नरले बच्चालाई पखाला लाग्दा दिइने अत्यन्त राम्रो औषधि दही र भात हो भनेर भनेका थिए ।

कब्जियत आजको आधुनिक समाजमा ठूलो समस्याको रुपमा देखापरेको छ । कब्जियतले शरीरका विभिन्न भागमा समस्या निम्त्याउँछ । कब्जियतको समस्याबाट बच्न हरेक उमेरका व्यक्तिले मोही र दहीको प्रयोग गरेमा यो समस्या स्वतः समाधान हुन्छ । दही र केरा मिसाएर खाएमा कुपोषित व्यक्ति, गर्भवती महिला, दूध खुवाउने महिला र लामो बिरामीबाट भर्खर उठेका व्यक्ति सबैलाई अत्यन्तै जरुरी हुन्छ । नेवार समुदायमा भोज खानेबेलामा सम्पुर्ण भोजन सिद्धिसकेपछि अन्त्यमा दही र मूला दिने चलन छ । यो परम्परालाई निकै वैज्ञानिक मान्नुपर्ने हुन्छ । दहीलाई एउटा सम्पुर्ण भोजन पनि मानिन्छ, जसले शरीरलाई पुष्ट राख्छ र विभिन्न समस्याको समाधान पनि गर्छ ।

Like & Follow us on Facebook

भारतका कतिपय ठाँउहरुमा छाला राम्रो बनाउन दही, बेसन र बेसार मिसाएर लगाउने चलन छ । यसले छालालाई नरम र चिल्लो बनाँउछ भन्ने मान्यता छ । घरेलु औषधिका रुपमा दहीलाई कपालको चाया हटाउनका लागि पनि प्रयोग गरिन्छ । दही र कागतीको मिश्रण बनाएर दुई घण्टापछि कपालमा लगाउनाले चायाको प्रकोप कम हुनुका साथै कपाल चम्किलो पनि हुन्छ भन्ने अनुभव धेरैले बटुलेका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!