खानपान

कोदो र यसका फाइदाहरु

डा. अरुणा उप्रेती

डा. अरुणा उप्रेती

कोदो र यसका फाइदाहरु ! खानेकुराको प्रसंग आउँदा हामी स्वादको कुरा गर्छौं पहिले । तर, स्वाद केका लागि रु जिब्रोका लागि । निश्चिय नै स्वाद जिब्रोका लागि हो, खाना भने स्वास्थ्यका लागि । अब सोचौं त, खाना जिब्रोका लागि खाने कि स्वास्थ्यका लागि रु अब ढिलो नगरौं, जागौं । टेस्टी होइन, हेल्दी खाना रोजौं । हुन त, रहरलाग्दा र मिठोमसिनो खानेकुरा देख्दा हाम्रो जिब्रो रसाउँछ । यही जिब्रो हो, हामीलाई धोका दिने । जब जिब्रोका लागि खानेकुरा खोज्न थाल्छौं, स्वास्थ्यलाई पूरै उपेक्षा गर्छौं । परिणाम, त्यसले स्वास्थ्यमा प्रतिकुल असर पुग्छ । यसले शरीरलाई पोषण दिनुको साटो जीर्ण र रोगी बनाउँछ ।

‘ठूलोबडाको ठूलै नाम’ भनेझैं होटेलमा पकाएको बासी भातलाई १० चोटी तताइसकेको तेलमा भुटेर दिँदा पनि हामी ‘फ्राइड राइस’ भन्दै मज्जाले पैसा तिरेर खान्छौं । जबकि, घरमा साँझ पकाएर राखेको भात बिहान खाँदा जुठो हुन्छ भनेर कुकुरलाई दिने गरिन्छ । सानो जिब्रोको स्वादले भविष्यमा कति समस्या निम्त्याउँछ भन्ने हामी पढेलेखेकाले त्यति हेक्का राख्दैनौं । होटेलका चम्किला प्लेटमा सजाइएका अस्वस्थकर खानेकुराले स्वास्थ्यमा के के हानी र्पुयाउँछ भन्ने हामी वास्ता राख्दैनौं । हाम्रो भोजनप्रतिको अज्ञानता, भएका खानेकुराको सदुपयोग गर्ने कला अभाव र प्याकेटका खानेकुरा मात्र उत्तम हुने मानसिकताले नै हामीलाई अस्वस्थ बनाउँदै लगेको छ । अस्वस्थकर खानपानकै कारण हामीलाई रोग लाग्छ भन्नेसमेत बिचार नगर्दा हाम्रो लाखौं रुपैयाँ स्वास्थ्योपचारमै खर्च हुने गर्छ ।

यो पनि पढ्नुहोस्  

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु

कोदोको कमाल

अछाम, मुगुजस्ता जिल्ला पुग्दा स्थानीय रुपमा पाइने खानेकुरा भेटिएन । अछाममा कोदोको रोटी बनाउन होटेलकी साहुनीलाई अर्डर दिँदा उनले एक पटक माथिदेखि तलसम्म हेरिन्।‘काठमाडौंबाट आएका मान्छेले पनि कोदो खान्छन् र रु’ उनले आश्चर्य प्रकट गरिन् । ‘जौ नै पाइने ठाउँमा जौको पिठोको रोटी बनाइदेउ न,’ मैले भनें ।फापरमा पाइने ‘रुटिन’ नामक तत्वले शरीरमा भिटामीन ‘सी’को कामलाई बढाउन मद्दत गर्छ । अर्थात, शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ र बुढ्यौलीको प्रक्रियालाई कम गराउँछ ।

‘जौ त खाली पूजा गर्दा, ब्रत बस्दा मात्र खाने चलन छ,’ उनले भनिन् । कोदो, फापर, जौ, मकै आदि स्वास्थ्यबर्धक अन्न हुन भनेर मैले आफ्ना छरछिमेकलाई भनें । शायद कमैले वास्ता गरे होलान् ।‘अब कहीं नपाएर हाम्रो खेतमा फल्ने मकै, कोदो, फापर पनि त्यस्तो गुणले भरिएका होलान् र रु’ कसैकसैको प्रतिक्रिया हुन्थ्यो । यसरी घरमा रहेका, परापूर्वकालदेखि चलिआएका सस्ता खानेकुरा छाडेर महँगो खाना किन्दा बजेटमा पनि नराम्रो असर पार्छ । कुपोषणबाट उत्पन्न समस्या समाधान गर्न पैसा खर्च गर्नुपर्ने त छँदैछ, मानसिक तनाव पनि झेल्नुपर्ने हुन्छ ।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!