खानपान

डा. अरुणा उप्रेतीको भान्छा – मेडिकल सप

डा. अरुणा उप्रेती
डा. अरुणा उप्रेती

यसमा लेखिएका कुरा गाउँघरबाट र मेरो ह्जुर आमासँग सिकेर, गुगल गरेर, मैले प्रयोग गरेर लेखेको हो । तर बिरामी हुँदा त स्वास्थ्यकर्मीको सहयोग त लिनु नै पर्छ ।

१. सोँफ

सोँफले भोक नलाग्ने समस्या कम गर्छ । महिनावारीको दुखाई, आउँ पर्दा पनि प्रयोग गरिन्छ । मुख गन्हाउने र मुखको सङ्क्रंमण हुदाँ प्रयोग गरिन्छ । यसले घाँटी र फोक्सोमा भएको कफ हटाँउछ र सुत्केरीलाई दिदाँ उनको दूध राम्रोसँग आउँछ । साँझको खाना पछि सोँफको चिया पिउँदा बढि खाएको बेला हुने पेट अटसमटस हुन कम हुन्छ । मिश्रीको काँडामा सोँफ, मरिच र दालचिनी मिसाएर खाएमा आउ लागेको सञ्चो हुन्छ भनेर गाउँ घरमा यसको प्रयोग गरिन्छ ।

यो पनि पढ्नुहोस्

सस्तो तर स्वास्थ्यबर्धक खानाहरु

महिलाहरुले खानैपर्ने ६ प्रकारका खानाहरु

हातले खाना खानुका फाइदाहरु

पलेटी कसेर खाना खानुका फाइदाहरु

चिन्नुहोस् ! यस्ता छन् अम्लीय र क्षारीय भोजनहरु

के हो अम्लीय र क्षारीय भोजन ? कसरी राख्ने सन्तुलन ?

२. ज्वानो

यसमा रेसादार पदार्थ खनिज, भिटामिन आदि पाइन्छ । आयुर्बेदिक अनुसार यसले दम, रुघाखोकी, पेटको समस्याहरु उपचार गर्न प्रयोग गरिन्छ ।
सुत्केरीहरुलाई ज्वानोको झोल खुवाउने चलन छ । बच्चालाई चिसो लागेमा ज्वानो खस्रो गरी चपाएर बच्चाको टाउकोमा उपचारको लागी राखिन्छ । ज्वानोको धुलो अचार, सलादमा प्रयोग गरेमा , खाएमा क्याल्सियम पाइन्छ

३. घ्यू कुमारी

प्राथमिक उपचारको बोटको रुपमा चिनिन्छ । घ्यू कुमारी प्राय काटेको, पोलेको र उडुसको टोकाईको लागी धेरै उपयोगी गरिन्छ । यो घामले पोल्दा , कपालको स्याहार, अति नै उपयोगी हुन्छ । य घ्यू कुमारीको जेलमा ९९% पानी हुन्छ । यसमा मिनरल्स, भिटामिन्स, जस्ता तत्व पाइन्छ । यसको प्रयोगले छाला पनि नरम हुन्छ ।

४. मरिच

एक उत्तम औषधि हो । यसले खाना पचाउन मद्दत गर्छ । मरिचले रगत संचालनमा सुधार पनि ल्याउँछ । हैजा, उल्टि र वाकवाकीको उपचारको लागी यो गाउँघरमा प्रयोग गरिन्छ । मरिचको सुगन्धित तेलले वाथ र दाँतको दुखाइको निको पार्दछ । मरिचले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ रुघाखोकीबाट पनि बचाँउछ ।

यसलाई हरियो सलादमा प्रयोग गरेमा स्वाद दिने र पचाउने काम गर्दछ । सर्बत, गुलियो परिकारमा प्रयोग गरेमा पनि स्वाद तथा सुगन्धमा वृद्धि हुन्छ । मरिचको धुलो मह सँग मिसाएर खाएमा चिसोको उपचार गरिन्छ । बेसार हालेर तातो पानी मिसाएर बेसारको राम्रोसँग सोसिन्छ ।

Like & Follow us on Facebook

५. तेजपात

ताजा तेज पातमा केही भिटामिन सी पाइन्छ र शरीरसँग रोग लड्ने शक्ति दिन्छ । पनि प्रदान गर्दछ । पछिको संक्रमण पनि रोकथाम गर्दछ ।
यो गरम मसलाको रुपमा प्रयोग गरिन्छ र विशेष गरी सिमी र गेडागुडीहरुमा पकाउँदा प्रयोग गरिन्छ । गाउँघरयसलाई पिपली र मह सँग मिसाएर खोकीको उपचार पनि गरिन्छ । यसलाई घ्यू कुमारीको जेलमा मिसाएर खाना अघि खाएमा रगतमा चिनीको मात्रा कम गर्दछ ।

६. सुकमेल

सुगन्ध भएको सुकमेलले पेट ढुस्स हुने समस्या रोक्छ भोक जगाउँछ पिसाब पोल्ने कम गर्छ सास गनहाउने कम गर्दछ। सलाद, सिकर्नी, हलुवा, खिर जस्ता मिठा परिकारमा पनि प्रयोग गरिन्छ । गरम मसला र बास्ना आउने चियामा यसको प्रयोग गरिन्छ । खानापछि खाएमा मुखलाई पूनर्ताजगी गराउछ

७. अलैंची

स्वाद र सुगन्धको, आवश्यक मिनरल्स र भिटामिनको साथमा अलैंची एक पाचन टोनिक हो । शरिरमा चिस्याउने प्रभाव भएको, यसले भोक पनि लगाउछ, यसले मुत्रनलीको समस्या रोकथाम गर्दछ, घाँटी दुखेको र दमलाई निको पार्दछ, फङगस, व्याक्टेरिया र भाइरसको बृद्धिलाई रोक्दछ, मुटु पोल्ने र पेटको दुखाईलाई सञ्चो गराउछ । घाँटी दुखेको सञ्चो गराउछ र हाडको स्वास्थ्य र रक्त संचारमा सुधार ल्याउछ ।

अलैंची सिमी र गेडागुडीमा मसलाको रुपमा प्रयोग गरिन्छ । खानापछि मुखमा पूनर्ताजगी ल्याउन चपाउन सकिन्छ । अलैंचीको तेल मांशपेसीको सुजन, जोर्नीको दुखाई र स्नायुको इन्फ्लामेसनमा प्रयोग गर्न सकिन्छ । बाडुकी र अपचको उपचार गर्न अलैंचीको धुलो र पुदिना मिसाएर खान सकिन्छ ।

८. दालचिनी

दालचिनीले रगतमा चिनीको मात्रा नियमित गर्ने हुनाले दालचिनी मधुमेह रोगीहरुको लागी राम्रो साथी हो । प्राकृतिक एन्टिइन्फेक्टेन्ट भएकोले अल्सर गराउने एच–पाइलोरी नामक व्याक्टेरियाको रोकथाम गर्दछ । यसले बाथको दुखाईलाई कम गर्दछ । यो क्याल्सियम र मिनरल्सको श्रोत हो ।

यसलाई गरम मसलाको रुपमा नुनिलो र गुलियो परिकारहरुमा मिसाउन सकिन्छ । दालचिनीको चियामा मह मिसाएर र पहेलो दालमा मिसाएर प्रयोग गरेमा ग्यास कम उत्पादन हुन्छ । यसलाई मनतातो पानीसँग खाएमा तौल कम हुन्छ ।

९. जिरा

जिराले पाचन प्रक्रियालाई सहजिकरण गर्दछ र पेटको समस्याबाट रोकथाम गर्दछ । जिरामा खाद्य रेसा, आइरन प्रशस्त हुन्छ , एन्टिसेप्टिक गूण भएकोले रुघाखोकी पनि निको पार्दछ । जिरा दैनिक प्रयोग हुने मसला म हो । १ लिटर पानीमा जिरा राखेर १-२ लिटर हुने गरी उमालेर खाएमा पिसाबमा भएको संक्रमण कम हुन्छ । जिरालाई सुन्तलाको रस र काँचो चिनीमा मिसाएमा गिंजाको रक्तश्रावको नियन्त्रण हुन्छ । भुटेको जिरा घ्यू कुमारीको जुससँग मिसाएर खाएमा महिनाबारी हुने बेलाको दुखाइ निको गर्दछ । जिराको पानी दिनमा ३-४ पटक सुकेको अदुवासँग खाएमा घाँटी दुखेको सञ्चो हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!