स्वास्थ्य

बेसार र यसको उपयोगिता

डा. अरुणा उप्रेती

मेरी हजुरआमाले मेरो खुट्टा मर्किंदा बेसार दूधमा मिसाएर, रुघाखोकी लाग्दा पानीमा बेसार पकाएर खुवाउनुहुन्थ्यो । घाउ पाक्दा घिउमा मिसाएर बेसार लगाइदिनु हुन्थ्यो । बेसार छालामा राम्ररी शोषण हुन चिल्लो चाहिन्छ भन्ने ज्ञान लेख्न–पढ्न नजानेकी मेरी हजुरआमालाई कहाँबाट थाहा भयो ? सायद उहाँले आफ्ना आमा, हजुरआमाबाट सिक्नुभयो होला । मलाई सिकाउनुभयो । केही अघि अष्ट्रेलियाबाट उपहार ल्याइदिएको भनेर विमला गुरुङले मलाई ‘टर्मरिक ल्याट्टे’को प्याकेट दिइन् । ६० ग्रामको त्यो प्याकेटमा बेसार, दालचिनी, काली मरिच, सुकमेल मिसाइएको रहेछ । ६० ग्रामलाई झन्डै १५ सय रुपैयाँ पर्दाेरहेछ । त्यो हिसाबले एक किलोको झन्डै २० हजार रुपैयाँ पर्ने ।

यहाँका पसलमा एक किलो बेसारलाई ४ सय रुपैयाँ पर्दाेरहेछ । एक किलो काली मरिच ७ सयदेखि ७ सय ५० रुपैयाँमा पाइने रहेछ । कालीमरिच र बेसार एक–एक किलो मिलाउँदा ११ सय रुपैयाँ हाराहारी पर्नेरहेछ । अष्ट्रेलिया वा अमेरिकामा बेसार र काली मरिचको धुलो किन महँगो भनेर केही व्यक्तिसँग छलफल गरेकी थिएँ । बेसारमा ‘करकुमिन’ भन्ने तत्त्व हुँदोरहेछ । त्यही कारण बेसारमा संक्रमण र रोगसँग लड्ने शक्ति हुँदोरहेछ । सय ग्राम बेसारमा ५–८ प्रतिशत तेल, ७.३ प्रतिशत प्रोटिन र सूक्ष्म मात्रामा भिटामिन ए हुन्छ ।

शरीरमा विभिन्न संक्रमण भइरहयो भने मुटुको रोग लाग्छ र उमेरसँगै हुने समस्या बढ्दै जान्छ । करकुमिनले मानव कोषिकाभित्र पुगेर संक्रमणसंँग लड्छ । आयुर्वेदमा बेसारलाई महाऔषधीको नाम दिइएको छ । आयुर्वेदिक औषधी विज्ञानमा यसलाई गौरी, कुमकुम भनेर चिनिन्छ । बेसारमा ‘एन्टिबायोटिक’ गुण पनि हुन्छ भने थाहा पाएपछि सौन्दर्य प्रसाधन बनाउने कम्पनीले बेसार प्रयोग गर्न थालेका छन् । साबुन बनाउँदा बेसार प्रयोग हुन थालेको छ । ‘बेसार हालेर बनाएको क्रिम र साबुनको विज्ञापन खुब देखिन्छ ।

धार्मिक क्रियाकलापमा पनि बेसार प्रयोग हुन्छ । मधेसतिर विवाहमा ‘हल्दीकी रसम’ महत्त्वपूर्ण धार्मिक संस्कार मानिन्छ । यसमा वर, वधुको अनुहारमा मान्यजनबाट बेसार लगाइन्छ । बेसारबारे वैज्ञानिक अनुसन्धान भइरहेकै छ । क्यान्सरलाई रोक्ने वा क्यान्सर भइसेकपछि प्रयोग गरिने औषधीको कुप्रभाव कम गर्ने सम्बन्धमा करकुमिनमाथि अध्ययन सुरु भएको छ । बेसारलाई मरिचसँंग मिलाएर प्रयोग गरियो भने करकुमिन कोषिकामा बढी शोषण हुने वैज्ञानिकहरूले प्रमाणित गरेका छन् ।

बेसारमा रहेको तत्त्वबारे थाहा पाएरै क्याप्सुल, पाउडर बनाएर पश्चिमा देशमा प्रयोग सुरु गरिएको हो ।बेसारमा ‘एन्टिबायोटिक’ गुण पनि हुन्छ भने थाहा पाएपछि सौन्दर्य प्रसाधन बनाउने कम्पनीले बेसार प्रयोग गर्न थालेका छन् । साबुन बनाउँदा बेसार प्रयोग हुनथालेको छ । ‘बेसार हालेर बनाएको क्रिम र साबुन’को विज्ञापन खुब देखिन्छ ।

यो पनि पढ्नुहोस्

बेसार र यसको प्रयोग

दुधमा बेसार मिसाएर खादा हुने फाइदाहरु

रुघाखोकीको घरेलु उपचार

बिरेनुन र यसको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!