खानपानस्वास्थ्य

मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

काफल नचाख्ने सायद को होला ? आउनुस् आज काफलको बारेमा जानौं । यो फल एउटा लोकप्रिय पहाडी फल हो । यो गर्मी मौसममा पहाडका वन-पाखाहरूमा पाकेको हुन्छ । यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ । पाकी सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ ।

काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । काफलमा प्रोटिन १.३० %, फाइवर ३.४० %, वसा ०.०२ %, जैविक पदार्थ ९८.१० %, कार्बोहाईड्रेट १६.१३ %, कैल्शियम १ मिलिग्राम प्रति १०० ग्राम, मैग्नीशियम ८.४ मिलिग्राम प्रति १०० ग्राम, पोटेशियम १.९८ मिलिग्राम प्रति १०० ग्राम पाइन्छ ।

काफलको नियमित सेवन गर्दा धेरै प्रकारको फाइदा हामीले काफलबाट प्राप्त गर्न सक्छौं । आजको लेखमा काफलबाट के कस्ता रोगमा प्रयोग गरेर फाइदाहरु उठाउन सकिन्छ भन्नेबारे पाठकलाई जानकारी पस्कन गइरहेका छौं फाइदा उठाउन सक्नु हुनेछ ।

काफलको अन्य प्रयोग

१. काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ । काफलको सानो टुक्रा दाँतमा राख्नाले दाँतको दुखाईमा समेत फाईदा गर्दछ ।

२. तीन ग्राम काफलको बोक्रा र तीन ग्राम बालो बेलको काढा पकाई एक-दुई ग्राम तीन-चार पटक पिए अतिसारमा आराम हुन्छ ।

३. कैसर, कालो तिल र पुरानो गुड(शक्कर) र काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिकधर्म सम्बन्धी कष्ट आराम हुन्छ । यो औषधी खानासाथ अन्य खानेकुरा दिनुपर्छ ।

४. काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ ।

५. काफलको बोक्राको धुलोमा नून मिसाएर मञ्जन गर्ने र त्यसको काढा पकाएर मनतातो बनाएर कुल्ला गर्ने गरे लाभ हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

हरियो साग खाउँ, निरोगी बनौं

कस्तो चिया पिउनु ठिक र कस्तो बेठिक ?

हरियो तरकारीसंग च्याउ खानुका फाइदाहरू

स्वास्थ्य जीवनको लागि कर्कलाको साग खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!