चिकित्सा विज्ञान

ग्याष्ट्रिकको औषधि र्‍यानिटिडिनले क्यान्सर हुने, आजैदेखि छोड्नुस् खान

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामीले गहिरिएर हेर्छौ भने क्यान्सर एलोपैथिक औषधिको अत्यधिक सेवनले भएको छ । भर्खरैको प्राप्त समाचारले यो कुरा पुष्टि गराएको छ । एलोपैथिकको सवैभन्दा नर्मल औषधि Ranitidine को सेवन गर्दा त्यसभित्र रहेको ‘नाइट्रोसमिन इम्प्युरिटी, नाइट्रोसोडिमिथाइलमाइन (एनडिएमए)’ थोरै मात्रामा रहेको र यसले मानिसलाई क्यान्सर गराउन सक्ने अनुसन्धानले देखाएको छ ।

विगत लामो समयदेखि यो औषधि बजारमा बिक्री वितरण हुदै आएकोमा बल्ल थाहा हुदैछ कि यो औषधिको सेवन गर्दा क्यान्सर हुन सक्छ भन्ने कुरा पत्ता लगाउदैछ । यो औषधि ग्याष्ट्रिकको उपचारका लागि प्रयोग हुने सामान्य औषधि हो । यस्ता कतिपय औषधिहरू छन् जसले क्यान्सर गराउन सक्छन ।

यस्ता औषधिमा ‘नाइट्रोसमिन इम्प्युरिटी, नाइट्रोसोडिमिथाइलमाइन (एनडिएमए)’ थोरै मात्रामा रहेको र यसले मानिसलाई क्यान्सर गराउन सक्ने देखिएको छ । यो कुराको पुष्टि इम्पुरिटी इन्टरनेसल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) ले गरेको छ । यसरी नै अन्य औषधिको जाँच हुदै जानुपर्ने देखिन्छ ।

मानिस धेरै जोखिमको सुचीमा भएको यो कुराले पुष्टि गर्दैछ । कुनै पनि एसिडलाई काट्ने औषधिमा पनि यो जाँच हुन आवश्यक छ । त्यसैले औषधि जथाभावी सेवन नगरौं हर्बल औषधि सेवन गरेर क्यान्सर जस्ता भयावह रोग हुनबाट आफुलाई पनि बचाउ र अरूलाई बचाउन मद्दत गरौं ।

यस्ता औषधिहरू नेपालमा स्वदेशी र विदेशी गरी यो औषधिको लगभग १५ करोडको वार्षिक कारोबार हुने गरेको बताएको छ । नेपालका ७ वटा कम्पनी एपेक्स, टौरस, केमीड्रग्स, लोमस, क्युरेक्स, मार्क फर्मुलेसन र युनिक फर्माले यो औषधि उत्पादन गर्दै आइरहेका छन् ।

आजैका मितिदेखि यो औषधि बेण्ड गरेको जानकारी हामीले पाएका छौं । यस्ता औषधि नखाई आफ्नो स्वास्थ्यलाई क्यानन्सर हुनबाट बचाउ । सक्दो सेयर गरेर अरूलाई पनि पस्कने अभियानमा जुटौं ।

नोट : औषधि सेवन गर्दा होस् या इन्जेक्सन लगाउदा किन नहोस् डाक्टरको परामर्श लिएर मात्र प्रयोग गर्ने बानी बसाल्नु राम्रो हो । औषधि सम्बन्धित जानकार व्यक्तिको रेखदेखमा औषधि सेवन गराउदा भविष्यमा आइपर्ने समस्याबाट आफुलाई बचाउन सकिनेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

रोग र औषधि

औषधि सेवनमा ध्यान दिनुपर्ने कुरा

औषधि सेवन गर्दा बुझ्नुपर्ने कुरा

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!