घरेलु उपचार

दमको रोगको हर्बल पद्धतिवाट उपचार विधि

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

दम भनेको श्वासप्रश्वाससित सम्बन्धित एउटा रोग हो । यसलाई अंग्रेजीमा आस्थमा (Asthama) भनिन्छ । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई दम हुन सक्दछ । यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने पनि मानिसलाई दम हुने गर्दछ ।

दमको रोगको उपचार गर्दा गर्दा थाकी सक्नु भएको छ तर सन्चो हुन सकेको छैन भने यो औषधि बनाएर सेवन गर्नुहोस् यो फर्मुला हामीले अनुभुत योगबाट लिएका छौं । यो औषधि अनेकौं पटक प्रयोग भइसकेको छ । यस्ता औषधि बनाएर सेवन गर्न सके असाध्य रोग पनि साध्य भएको अनेकौं पटक प्रयोग गरेका प्रयोग कर्ताको अनुभव छ ।

दम किन र के कारणले हुन्छ ?

१. विशेषगरी ३०/३५ वर्ष उमेर समूहका मानिसमा देखिने यस्ता आस्थमा वंशजका कारण हुने गर्दछ । आन्तरिक कारणले नै हुने भएको यस प्रकारको आस्थमालाई इन्टि्रन्सिभ दम पनि भन्ने गरिन्छ ।

२. कयौं मानिसहरुलाई वायु प्रदुषणका कारणले एलर्जी र पछि दम हुने गर्दछ । जसलाई एक्सटि्रन्सिभ आस्थमा पनि भन्ने गरिन्छ ।

३. मिल, मैदा उद्योग, कपडा उद्योग, सिमेन्ट उद्योग, बाटो-घाटोमा काम गर्ने व्यक्तिहरुमा पनि दमको जस्तै समस्या देखिने गर्दछ । काम गर्ने क्रममा धुलो धुँवा उड्ने र श्वास फेर्नेबेला नाक मुखबाट फोक्सोसम्म धुलो गएर दम हुन्छ ।

४. मुटु रोगले हुने दममा मुटु रोगीलाई सोही कारणले दम खोकी भएमा पनि दमका जस्तै लक्षण हुने गर्दछ ।

५. लामो समय खोकी लागेर सहि उपचारको अभावमा पनि दमको रोग लाग्न सक्छ ।

दम लागेको कसरी थाहा पाउने ?

१. वायु प्रदुषण तथा एलर्जीका कारण हुने दम उपचारबाट निको पार्न सकिन्छ । तर खोकी लाग्दालाग्दै स्वाँ-स्वाँ हुने, छाती कराउने अवस्थाको सिर्जना भएमा क्रोनिक आस्थमा हुने गर्दछ ।

हर्वलबाट उपचार गर्ने विधि

१. पीपल १० ग्राम, काकडासिंगी १० ग्राम दुवैलाई मसिनो गरि पिस्नुहोस् । यो एक खुराक औषधि तयार भयो । मूर्णमासीको दिन ब्रत बस्नुहोस् । त्यसदिन दूधको सेवन गर्न सक्नुहुन्छ । साँझ गाईको दूधको खिर पकाउनुहोस् ।

जब दूध उम्लन थाल्दछ औषधिको पुडिलाई सात पटक “ॐ ओं ” पढेर पाकेको दूधमा हाल्नुहोस् र चादनी रातमा कासको थालीमा खिरलाई हालेर सेलाउन दिनुस र चादनी रातमै त्यो सवै खानुहोस् । यो नियम ३ पटकसम्म गर्नुपर्ने हुन्छ । सदाका लागि दमको दोहोलो हुनेछ ।

नोट : दमको रोग लागेको थाहा हुनासाथ डाक्टर या वैद्यको परामर्शमा उपचार गराउनु राम्रो हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

दमको रोगीले के खाने के नखाने ?

दमको रोग हुनुको कारण र घरेलु उपचार

दमको रोग र ईसबगोल भुसि

दमको कारण र उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!