आयुर्वेद

कान पाक्ने रोग र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल सवैभन्दा बढी देखिने समस्यामध्ये कान पाक्ने रोग अत्यधिक देखिन थालेको छ । हाम्रो शरीरको महत्वपूर्ण अंगमध्ये कान पनि एक हो । समयमा यसको उपचार नभए कान कम सुन्ने रोग लाग्न सक्छ । आज हामीले कान पाक्ने रोगको विषयमा बताउनेछौं । जुनसुकै लिङ्ग, उमेर समुहका मानिसमा यो समस्या देखिन सक्छ ।

हाम्रो देशको सन्दर्भमा कान पाक्ने समस्या अझ धेरै छ । कानको बनावट हेरेर ३ भाग (बाहिरी ,मध्य र भित्री) मा विभाजन गरिएको हुन्छ । जसमा मध्य भागमा विभिन्न कारण संक्रमण हुदा पीप जम्छ, जमेको पीपले कानको जाली प्वाल पारेर बाहिर निस्कन्छ ।

कान पाक्ने रोगलाई ओटाइटिस मिडिया भन्दछन् । अर्को क्रोनिक ओटाइटिस मिडिया भन्छन् जस्तै कसैको लामो समयसम्म कान पाक्ने हुन्छ । छोटो अवधिका लागि पाक्ने समस्या औषधि उपचारपछि छिटै निको हुन्छ । तर क्रोनिक ओटाइटिस मिडियामा भने लामो समयसम्म रहिरहने समस्या देखिन सक्छ । लामो समयसम्म कान पाक्ने गरेको छ भने अप्रेसन गर्नुपर्ने हुन सक्छ ।

विकसित देशमा यस्तो समस्या त्यत्ति देखिँदैन तर विकासशील मुलुक जहाँ स्वास्थ शिक्षाको कमी, कमजोर आर्थिक अवस्था र उचित पोषणयुक्त खानपान र सरसफाई छैन त्यस्तो ठाउँमा यो प्रायः जसो दोहरिरहने समस्या हो । महिला वा पुरुष दुवैलाई बराबरै लाग्ने यो रोग जुनसुकै उमेर समूहका मानिसलाई पनि लाग्न सक्छ। अझ ग्रामीण समुदायमा त यो रोग श्रवण शक्ति कम गराउने मुख्य कारणको रूपमै उभिएको छ ।

आज हामीले कानको रोगको होम्योपैथीक औषधिबाट कसरी गर्न सकिन्छ भन्नेबारे प्रकाश पार्नेछौं । कान पाक्ने रोगलाई कहिलेकाही सामान्य औषधिले निको भएका थुप्रै घटना छन् । लामो समय कान पाकेर हैरान हुनुहुन्छ निको भएको छैन भने होम्योपैथीक उपचार पनि अपनाउन सक्नुहुन्छ ।

कानको पिप सुकाउन होम्योपैथीक औषधि सेलिशिया ठूलो औषधि मानिएको छ । क्रोनिक ओटाइटिस मिडियामा यो औषधिले राम्रो फाइदा गर्दछ । पिनास सम्मबन्धी रोगको कारणले गर्दा पनि कान पाक्न सक्छ । हामीले यस्ता समस्या भएका थुप्रै कानका रोगीलाई यो औषधिबाट निको बनाएका छौ ।

कान पाक्ने रोगको उपचार

१. Silicea 6x को या 12x को औषधि ठूलो लाई ४,४ गोली र सानालाई २,२ गोलीको मात्रामा निको नहुदासम्म खान दिने ।

२. Mullein Ear Drops यो औषधि ४,५ थोपा कानमा ३ पटक सन्चो नहुदाँसम्म राख्नुपर्ने हुन्छ ।

नोट : औषधि होम्योपैथीक फार्मेसिमा उपलब्ध हुन्छ। लामो समय कान पाकरे हैरान हुनुहुन्छ भने कानको डाक्टरसंग परामर्श लिएर उपचार गर्न सक्नुहुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

औषधि सेवनमा ध्यान दिनुपर्ने कुरा

एन्टीबायोटिक्स भनेको के हो ?

एन्टीबायोटिक्स एमोक्सिसिलिन र यसको प्रयोग

निमेसुलाइड टेब्लेट (Nimesulide Tablet) र यसको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!